जो सुनसरी प्रहरीको दक्ष सोको अधिकृत हुन् 

alt
  • चैत्र ९, २०७७
  • अपराध न्यूज

इलाका प्रहरी कार्यालय पकली, सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उज्ज्वल कार्की चैत्र ८ गते प्रहरी प्रधान कार्यालयको खुला प्रतिस्पर्धा मार्फत प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भए । योग्यता क्रम अनुसार असईबाट सिधै प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धा गरेका कार्कीले १७३ जना मध्ये ७१ नम्बरमा आफ्नो नाम प्रहरी निरीक्षकको लागि सिफारिस हुन सफल भएका हुन् । खुला प्रतिस्पर्धाबाट सिधै प्रहरी निरीक्षक पदको लागि लड्न सक्षमता, परीक्षण, प्रस्तुतीकरण र अन्तरवार्ता जस्तो कठिन परीक्षाको सामना गर्नुपर्ने हुन्छ ।

तर कार्कीले यो प्रतिस्पर्धा सहजै पार गरे कारण उनी सुनसरी प्रहरीको उदाहरणीय र अनुभवी सोको अधिकृत हुन् । ‘सिन अफ क्राइम इन्भेस्टिगेसन अफिसर’ (सोको) नामक प्रहरीमा एउटा छुटै टिम हुन्छ । यो टिमसँग ‘सोको किट’ रहेको हुन्छ र घटनास्थलमा पुगेर फिंगर प्रिन्ट, रगत, नङलगायत शरीरबाट झिक्न मिल्ने कुराहरू यही किटमा जम्मा गर्छ र ल्याबमा परीक्षणका लागि पठाउँछ । नेपालमा मुद्दा चलाउने सबै प्रहरी इलाकामा सोको टिम रहेको हुन्छ । विगत १८ महिनादेखि इलाका प्रहरी कार्यालय पकलीमा कार्यरत कार्की रौतहटबाट सुनसरी आएका हुन् ।

४ बर्सअघि असईबाटै प्रहरी सेवामा प्रवेश गरेका कार्की अपराध अनुसन्धान क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ प्रहरीको सोको टिममा शुरुवातदेखिनै कार्यरत रहे । रौतहटमा पनि सोको अधिकृतको सफल कार्यकाल सकेर सुनसरी आएका उनी अहिले सुनसरीका प्रहरी इलाकाहरू मध्ये अनुभवी सोको अधिकृत मानिन्छन् । कहिले धरान, इटहरी, महेन्द्रनगर, दुहबी तथा दक्षिण वर्ती क्षेत्रमा जघन्य प्रकृतिका घटना अनुसन्धानको लागि कार्कीको माग हुने गर्छ ।

भएकै इलाकाका सोको अधिकृतले पनि आवश्यक ज्ञान र प्रमाण केलाउन कार्कीलाई सम्झने गर्छन् । यसै कारण पनि कार्कीले खुला प्रतिस्पर्धाबाट अहिले प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएको उनका ब्याजि तथा सहकर्मीहरूको ठम्याई छ । पकली प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत रहँदा कार्कीले प्रहरी कहाँ आएका जघन्य प्रकृतिका उजुरीको अनुसन्धान छुट्टै ‘टिम’ बनाएर परिणाम निकाल्ने गरेका थिए ।

१८ महिनाको अवधिमा १७ वर्षीय एक अपाङ्ग बालिकाको बलात्कार गरी फरार एक शिक्षकलाई सिडिआर अनुसन्धानबाट पक्राउ गर्न सफल भएका थिए । यस्तै अपहरण तथा शरीर बन्धक, चोरी लुटपाट र हराएका मोबाइल खोजीमा समेत कार्कीले आफ्नो अब्बलता देखाएका थिए । पकलीमा हालसम्म हराएका तथा चोरी भएका दुई सय बढी मोबाइल सम्बन्धित धनीलाई बुझाइएको अवस्था छ । सोको र सिडिआर दुवै अनुसन्धानमा प्रहरी भित्रको ‘टिम वर्क’ले काम गर्दा अपराध अनुसन्धान प्रमाणमुखी र सफल हुने उनी बताउँछन् ।

‘मलाई मेरो कामको प्रचार भन्दा पनि सङ्गठनले गरेको कामको मुल्याकंन मात्र गरिदियोस् जस्तो लाग्छ’ उनले भने ‘बाँकी त हाम्रो डिउटी न हो ।

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved