मोरङको शङ्कास्पद मृत्यु प्रकरण, बाइक धनी पक्राउ

alt
  • चैत्र ९, २०७७
  • अपराध न्यूज

५ चैत्रमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय सुरज चौधरीको शङ्कास्पद अवस्थामा भेटिएको शव दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । चौधरीको शव स्थानीय तेलिया खोलामा भेटिएको थियो भने उनी सवार मोटरसाइकल पुलमाथि लडेको अवस्थामा बरामद भएको थियो । तर मृतक चौधरीसँग मिल्ने साथी अर्थात् मोटरसाइकलका धनी २२ वर्षीय राजेश चौधरी भने घटना पश्चात् फरार थिए ।

राजेशलाई इलाका प्रहरी कार्यालय बेलबारीले दोस्रो दिनमा नियन्त्रणमा लिएको थियो । फरार राजेशसँगको अनुसन्धानले पनि दुर्घटनाकै कारण घटना हुन पुगेको बेलबारी प्रहरीको अनुमान छ ।

तर मृतकको पोस्टमार्टम रिर्पाेट नआउन्जेलसम्म यकिन भन्न नसकिने बेलबारी प्रहरीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । "नियन्त्रणमा लिइएका राजेशले मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएको र सुरज खोलामा खसेको भनेर हामीलाई बताएका छन्," ढकालले अपराध न्यूजसँग भने "तर घटनापछि मोटरसाइकल चालक फरार भइदिएको कोणबाट थप अनुसन्धान गदैछौ ।"  मृतक चौधरीको टाउकोमा चोट देखिन्छ ।

आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार बुधवार दिउँसो ४ बजेतिर भेट भएपछि सुरज र राजेश एउटै मोटरसाइकलमा हिँडेका थिए । यात्रा गरिरहेका बेला दुर्घटनामा परी खोलामा खसेर डुबेपछि उठेर बाहिर निस्कन नसक्दा सुरजको त्यहीँ मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको । मृत्युको अरू नै कारण हुनसक्ने सम्भावना रहेकाले घटनाको गम्भीर ढङ्गले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढकालले बताए ।

घटनास्थल पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचाको गछियाबाट पाँच किलोमिटर पश्चिम–उत्तरमा पर्छ ।

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved