नक्कली मोबिल र नक्कली पेन्ट्स बिक्री गर्ने पक्राउ

alt
  • फाल्गुन २८, २०७७
  • अपराध न्यूज

विराटनगरमा सर्बो ब्रान्डको लेबल लगाएर नक्कली मोबिल र नक्कली एसियन पेन्ट्स बिक्री गर्दै आएका एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । विराटनगर ११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जनपथ टोलमा २० वर्षदेखि भाडा लिएको गोदाममा सर्वोको लेबल लगाएर नक्कली मोबिल र इनामेल पेन्ट्स प्याकिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

 

‘खेम्काले बाहिरबाट मोबिल ल्याएर सर्वोको स्टिकर आफैंले छापेर एक लिटरको बट्टा र बोतल तयार पारी बिक्री गर्दै आएको घटनास्थलके प्रकृतिले देखिन्छ,’ उनले भने, ‘इनामेल पेन्टस पनि बाहिरबाट ल्याएर एसियन पेन्टसको लेबल लगाएर बिक्रीवितरण गर्दै आएको पाइयो ।’

 

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved