झापाको अवैध लायन र मेमोसा मेनपावरमा विभागको सिल

alt
  • फाल्गुन २६, २०७७
  • अपराध न्यूज

वैदेशिक रोजगार विभागले झापामा दुई वटा मेनपावर कम्पनीको शाखा कार्यालय सिल गरेको छ। विभागले वैदेशिक रोजगारीमा हुने गरेको विकृतिसँगै बढ्दो ठगीलाई मध्यनजर गरी झापामा मेनपावर शाखा कार्यालयहरुको अनुगमन सुरु गरेको छ।

अवैधानिक रुपमा दमकमा सञ्चालित लायन इन्टरनेशनल मेनपावर र बिर्तामोडमा सञ्चालित मेमोसा ओभरसिजलाई सिल गरेको टोलीका शाखा अधिकृत मातृका सापकोटाले जानकारी दिए। 

उनका अनुसार ३४० दर्ता नम्बर रहेको लायन मेनपावरको शाखा सञ्चालन गर्ने अनुमति नभएका कारण बन्द गराएको बताए। त्यस्तै बिर्तामोडको मेमोसाले विभागबाट पूर्व स्वीकृतिबिनै अन्तर्वार्ता लिइरहेको अनुगमन क्रममा भेटिएपछि बन्द गराएको हो। विभागका अनुसार झापामा १३ वटा मेनपावरका शाखा कार्यालय वैधानिक छन्।

विभागको टोलीले जिल्लाका मेनवापरहरुको अनुगमन गर्न थालेपछि अवैध रुपमा सञ्चालित मेनपावरका सञ्चालकहरू बोर्ड लुकाएर कार्यालय बन्द गरी भागाभाग भएका छन्। विभागका शाखा अधिकृत सापकोटाको नेतृत्वमा चार सदस्य अनुगमन टोली झापा आएको हो।

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved