ब्रोइलरको तौल बढाउने भिटामिन सीमाबाट तस्करी

alt
  • फाल्गुन २६, २०७७
  • अपराध न्यूज

ब्रोइलर कुखुरालाई दिइने औषधिजन्य भिटामिन भारतबाट तस्करी भएर विराटनगर भित्रिने गरेको पाइएको छ। ब्रोइलरको तौल बढाउनका लागि प्रयोग गरिने मल्टिसोल ‘ए’ एण्ड ‘डीथ्री’ नामक भिटामिन तस्करीको बाटो प्रयोग गरेर नेपाल–भारत सीमा क्षेत्र हुँदै अवैध रुपमा भित्रने गरेको पुष्टि भएको हो। विराटनगरबाट सशस्त्र प्रहरीले तस्करी गरेर ल्याउँदै गर्दा ठूलो परिणामको औषधिजन्य भिटामिन मंगलबार बरामद गरेको छ। 

विराटनगरस्थित सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयास्थित केसलीया खोलानजिकबाट ब्रोइलरको भिटामिन नियन्त्रणमा लिएको हो। एक सय मिलीलिटर दरका चार सय ३३, दुई सयका एक सय ४८ र पाँच सय मिलीलिटर दरका एक सय ८६ बोतल भिटामिन बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। सशस्त्रले तस्करीमा प्रयोग गरिएको चारवटा साइकल पनि नियन्त्रणमा लिएको छ। 

एसपी पौडेलका अनुसार भिटामिन तीन लाख रुपैयाँभन्दा बढी मूल्यको छ। तस्करीमा संलग्नहरु सशस्त्र प्रहरीलाई देख्नसाथ साइकलसहित तस्करीको भिटामिन छाडेर भारततिरै भागेको जानकारी उनले दिए। खेतको बाटो प्रयोग गरेर रातको समयमा तस्करी हुने गरेको जानकारी पौडेलले दिए।

‘सबैतिर निगरानी हुने भएकाले दिउँसो छाडेर रात परेपछि चोर बाटोको प्रयोग गर्दै खेतैखेत भारतबाट धमाधम तस्करी हुने गरेको पाइयो,’ उनले भने, ‘गोप्य सूचनाका आधारमा विशेष टोली परिचालन गरेर भिटामिन नियन्त्रणमा लिइएको छ।’

उनले मुख्य नाकाको प्रयोग गर्दा पक्राउ पर्ने डरले तस्करहरुले सीमामा खटिएका सुरक्षाकर्मीलाई छल्दै अन्यत्रबाट ब्रोइलरको भिटामिन नेपालतिर तस्करी गरी ल्याउन थालेको पुष्टि भएको जानकारी दिए। 

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved