अवैध गोरु तस्करीमा प्रहरीको मिलेमतो कायमै !

alt
  • माघ २९, २०७७
  • अपराध न्यूज

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाकाअनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकमा लोड गरिएको अवस्थामा गोरु फेला पारिएको हो। तीनवटा ट्रक र ६७ वटै गोरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी थापाले दिए। उनका अनुसार गोरु सिन्धुपाल्चोक घर भएका विश्व बस्नेतको भएको खुलेको छ।

घटना अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचाको बाँसबारी हुँदै ट्रकमा लोड गरिएका गोरु झापाको दमकतिर लगिँदै थियो। व्यवसायमा साझेदारी गर्दाको पैसा बस्नेतले आफूहरुलाई दिन बाँकी रहेको भन्दै मोरङको केराबारी गाउँपालिका–८ का डोरबहादुर विक लगायत नौ जनाले राजमार्गबाट गोरु लोड गरिएको ट्रक अघि बढ्न दिएनन्।

चालकले गोरुसहित भगाएर तीनवटै ट्रक केराबारी–५ सत्तिसाले पुर्‍याए। त्यसपछि घटनाका बारेमा चाल पाएको प्रहरीले बाँसबारीबाट भगाएर सत्तिसाले पुर्‍याइएको गोरु र ट्रक बिहान ७ बजेतिर नियन्त्रणमा लिएको हो। विकसहितका व्यक्ति र बस्नेतले यसअघि मिलेमतोमा गोरु नेपालबाट भारततिर कटाउने गरेको खुलेको प्रहरी स्रोतले बतायो। संयुक्त रुपमा काम भइरहे पनि लेनदेनमा कुरा नमिलेपछि दुई पक्षबीच फाटो आउँदा गोरु तस्करी धन्दा बाहिरिएको बताइएको छ। विक लगायतले आफूहरुलाई बस्नेतले पुरानो हिसाबकिताब बापतको पैसा दिन बाँकी रहेको बताएको प्रहरीले जनाएको छ।

तर उनीहरुबीचमा लेनदेन हुनपर्ने रुपैयाँका बारेमा भने खुल्न नसकेको प्रहरीका एक अधिकृतले बताए। तर प्रहरीका उच्च अधिकारीकै मिलेमतोमा नेपालबाट भारततिर गाई गोरु लगायतका पशु चौपायाको तस्करी भइरहेको स्रोतले बतायो। बारम्बार भइरहेको तस्करी नियन्त्रणमा प्रहरीले चासो नदिनुलाई मिलेमतोको रुपमा हेरिएको छ।

‘विवादका कारण ट्रक नरोकिएको भए झापाका सीमावर्ती नाका हुँदै सिधै गोरु भारततिर पुग्ने थिए,’ स्रोतले भन्यो, ‘प्रहरीले चासो नदिइरहेका बेला दुई पक्षबीचको विवादले राजमार्गबाट निर्वाध रुपमा भइरहेको गोरु तस्करी धन्दा बाहिर आयो।’ स्रोतका अनुसार पूर्व–पश्चिम राजमार्ग हुँदै झापा पुर्‍याएर दैनिक रुपमा नेपालबाट भारततिर गोरु तस्करी हुने गरेको छ। पश्चिम नेपालदेखि संकलन हुने गोरु भारतको बाटो हुँदै बंगलादेशसम्म पुग्ने गरेको पाइएको प्रहरी स्रोतले बतायो।  

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved