मोरङमा बालिका अपहरण गरी सामूहिक बलात्कार, आरोपीहरू भारततर्फ फरार

alt
  • माघ २८, २०७७
  • अपराध न्यूज

मोरङमा पिसाब गर्न घरबाट निस्किएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाउँपालिका– १ कि १४ वर्षीय बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबरजस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरू राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो ।

करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । मोटरसाइकलमा लिएर गएकाहरूले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए ।

घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

‘बालिकालाई लगेपछि गाउँलेहरू खोजी गर्न निस्किएछन् । गाउँले निस्कँदा हल्ला भयो’ थापाले भने ‘हल्ला भएपछि आरोपीहरू मोटरसाइकल छाडेर भारत भागे ।’ घटनामा संलग्नहरूको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य सुरु गरेको बताए ।

घटनास्थल नेपाल भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर नेपालतर्फ पर्छ । हल्ला भएपछि उनीहरू राति नै भारततर्फ भागेको प्रहरीको आशङ्का छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई युवकको खोजी गरेको छ । ‘सोमबार दिउँसो उनीहरू मोटरसाइकलमा घुमिरहेका थिए’ बालिकाका छिमेकीले भने ‘दुबै जना छिमेकी टोलका हुन् ।’

समयमा नै थाहा पाउन नसक्दा आरोपी भागेका प्रहरीको भनाइ छ । ‘गाउँलेले सुरुमा जानकारी गराएको भए घटनामा संलग्नहरू राति नै पक्राउ पर्थे,’ प्रहरी निरीक्षक थापाले भने ‘मोटरसाइकल चाहिँ भेटिएको छ, आरोपीको खोजी कार्य जारी छ ।’

बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मङ्गलवार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफ हाउसमा राखिएको प्रहरी निरीक्षक थापाले बताए ।

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved