सामान्य विवादमा धारिलो वस्तु प्रहार , फरार आरोपित पक्राउ

alt
  • माघ २५, २०७७
  • अपराध न्यूज

मोरङको बेलबारी नगरपालिका वडा नं २ बस्ने एक युवा माथि शनिवार राती धारिलो वस्तु प्रहार भएको छ । बेलबारी वडा नं २ बस्ने वर्ष २२ का अनिल उराउ र सोही वडा बस्ने वर्ष २४ का दिनेश दाहाल बिच सामान्य वादविवाद हुँदा दिनेश माथि अनिलले धारिलो वस्तु प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । शनिवार राती करिब ६ बजे बेलबारी नगरपालिका वडा नं २ स्थित सिंहदेवी डाँडामा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

अनिलले धारिलो वस्तु प्रहार गरी फरार भएका थिए । घटना भएको ३ घण्टा पछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल र स्थानीय बासिन्दाको सक्रियतामा मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० बाट प्रहरीले उराउलाई  नियन्त्रणमा लिइएको थियो ।  गम्भीर घाइते भएका दाहालको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारमा रहेका दाहलको पेटबाट आन्द्रा निस्किएको छ ।

प्रहरी निरीक्षक ढकालका अनुसार उराउलाई नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved