सुनसरीको नडाहबाट व्यवसायी लुटिए 

alt
  • माघ १६, २०७७
  • अपराध न्यूज

सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थित नडाहबाट अज्ञात समूहले पेस्तोल देखाइ एक व्यवसायीलाई लुटेका छन् । बिहिबार दिउसो करिब २.३० को समयमा मोटरसाइकलमा आएका समूहले चतराका ती व्यवसायीको मोबाइल र झोलामा भएको करिब ७ हजार नगद लुटेर फरार भएको जनाइएको छ । इटहरीबाट लाइसेन्स रिन्यु गरेर फर्किएका ती व्यवसायीलाई तीन वटा मोटरसाइकलमा रहेका समूहले बाटो छेकेर पेस्तोल देखाइ लुटेको बताइएको छ ।

लुटपाटमा संलग्न एक बाइक भने भारतीय नम्बरको भएको बताइएको छ । लुटिएका व्यवसायीका अनुसार ती समूहले आफूलाई फलो गरेर एकान्त ठाउँमा लुटेको बताएका छन् । लुट्ने मध्ये एक जनाले कम्मरमा पेस्तोल देखाउँदै धम्काएको र साथमा भएको मोबाइल र झोला लगेको बताए । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले लुटपाटमा संलग्नको खोजी कार्य जारी रहेको जानकारी दिए ।

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved