प्रेमिकालाई गोली हानी हत्या गरेर १० वर्षदेखि फरार प्रेमी काठमाडौँबाट पक्राउ

alt
  • माघ ९, २०७७
  • अपराध न्यूज

१० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ । 

पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो । 

पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा र आरोपित पवन दुवै ताप्लेजुङका हुन् । उनीहरु पाँचथर सदरमुकाम फिदिमको एउटा गेस्ट हाउसमा बसेका थिए ।

ब्रिटिस सेनामा भर्ना हुने पक्रियाका लागि पवन ताप्लेजुङबाट झापा आएका थिए । उनीसँगै ती किशोरी पनि झापा आएकी थिइन् । ब्रिटिस सेनाको भर्ना प्रक्रियामा सहभागी पवन सुष्मासँगै फिदिम गएका थिए । एक रात त्यहीँ गेस्ट हाउसमा दुवै जना बसेकोमा भोलिपल्ट पवन सुष्मालाई गोली हानी फरार भएका थिए ।

प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको खुलेको हो ।

थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

 

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved