करणीको पोल खोल्ने डरले भारत बेच्न लैजाँदा गर्दा १४ वर्षीय बालिकाको उद्धार

alt
  • माघ ४, २०७७
  • अपराध न्यूज

१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रलोभन देखाएर बालिकालाई भारततर्फ बेच्न लाने धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय आशिष सुनारलाई समेत मोरङ प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम घर भई धरानस्थित दिदीको घरमा बस्दै आएकी १४ वर्षीय एक बालिकालाई मोरङ प्रहरी र साना हातहरू नेपाल नामक संस्थाले उद्धार गरेको हो । बालिकाको उद्धारपछि जबरजस्ती करणी समेत भएको प्रहरीले जनाएको छ ।

पहाडबाट धरान आएकी ती बालिका धरानस्थित दिदीको घरमा बस्दै आएकी थिइन् । दिदीको घरमा बस्ने क्रममा सुनारसँग ती बालिकाको चिनजान भएको थियो । पहाडकी सोझी बालिकालाई ललाई फकाई सुनवारले एक महिनाअगाडि घुमाउन भन्दै भेडेटार जाने सडकको भ्युप्वाइण्ट होटेलमा लिएर गएका थिए । त्यस बेला मःम खुवाउने बहानामा नशालु पदार्थ खुवाएर सोही होटेलमा करणी गरेको जाहेरीमा उल्लेख छ ।

बालिकालाई भारतको जोगवनीमा कपडा किनिदिने भन्दै २९ पुसमा लिएर जाने क्रममा विराटनगर–१६ स्थित नेपाल–भारतको सीमा नाका दरैया बस्तीदेखि सुनारलाई र बालिकालाई प्रहरीले फेला पारेको थियो । पक्राउ परेका सुनारलाई इप्रका रानी विराटनगरले शुक्रवार मोरङ अदालतमा ‘मानव बेचबिखन’ मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved