इटहरी १० कर कार्यालय अगाडीको कोशी राजमार्ग नजिकको नालामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५०–५५ उमेरको पुरुषको शव नालामा घोप्टिएको अवस्थामा बिहान फेला परेको हो ।पुरुषको पहिचान खुल्न सकेको छैन । शवको पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
मृतकको टाउकोमा गहिरो चोट रहेको र रगत बगेको देखिन्छ ।राजमार्ग नजिक भएकाले हिट एन्ड रन को केश वा मापसे गरेर लडेको हुन सक्ने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । पोस्टमार्टम रिर्पाेट आएपछि अनुसन्धानमा जुट्ने उनले बताए । मृतकको पहिचानको काम समेत भइरहेको डिएसपी केसीले बताए ।
मृतकको साथमा मोबाइल बरामद भए पनि पानीमा डुबेर काम नलाग्ने भएको प्रहरीको भनाई छ । सडकमा काम गर्ने मजदुरले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved