दोहोरो नागरिकता प्रकरण : पक्राउ पुर्जी जारी भएपछि धरान-९ का वडाअध्यक्ष फरार

alt
  • पुस २४, २०७७
  • अपराध न्यूज

जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपछि धरान उपमहानगरपालिका वडा नम्बर-९ का वडाअध्यक्ष रत्न कट्वाल फरार भएका छन्। झुटो विवरण पेस गरी स्याङजाकी एक महिलालाई नागरिकता लिन सिफारिस गरेको पाइएपछि कट्वालविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। 

स्याङ्जा वालिङ वडा नम्बर ३ घर भएकी मञ्जु क्षेत्रीले २०७५ माघ ८ गते इलाका प्रशासन कार्यालय धरानबाट नागरिकता लिएकी थिइन्। यस अगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट समेत नागरिकता लिई सकेकी उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाएको डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए। मञ्जुलाई अर्घाखाँचीका गोपाल सेजुवालले बुवा बनेर नागरिकता दिलाएका थिए। 

मञ्जुले बास्तविक उमेर भन्दा कम देखाएर २०५५ सालमा जन्म दर्ता गरी २० वर्षको उमेर देखाई धरानबाट नागरिकता लिएकी छन्। नागरिकता दिलाउन वडाअध्यक्ष कट्वालसँगको मिलेमतोमा ठूलो आर्थिक चलखेल भएको बुझिएको छ।  

मञ्जुलाई छोरी बनाएर नागरिकता दिलाउन सहयोग गर्ने सेजुवाल हाल जापानमा रहेको पनि डीएसपी बस्नेतले बताएका छन्। मञ्जुलाई दुईवटा नागरिकतासहित स्याङ्जा प्रहरीले पक्रमाउ गरी आवश्यक कारबाहीका लागि धरान प्रहरीलाई बुझाएको छ। डीएसपी बस्नेतले मञ्जुले झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिएको प्रमाणित भइसकेकाले संलग्नको पहिचान गरी आवश्यक अनुसन्धान भइरहेको बताए। 

दोहोरो नागरिकता काण्डमा वडाअध्यक्ष कट्वालको संलग्नता देखिएपछि पक्राउ गर्न जिल्ला अदालत सुनसरीसँग अनुमति लिएको प्रहरीले जनाएको छ। पक्राउ पुर्जी जारी भएलगत्तै वडाअध्यक्ष कट्वाल फोन अफ गरेर सम्पर्कबिहीन बनेका छन्। 

उनको खोजी भइरहेको डीएसपी बस्नेतले बताएका छन्। कट्वाल २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। 

धरान ९ का वडा सदस्य मनोज राउतले केही दिनका लागि वडाअध्यक्ष कट्वाल उपचारका लागि काठमाडौं गएको बताए। उनले पक्राउ पुर्जी जारी भएको र नागरिकता काण्डबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

अन्नपूर्णबाट साभार

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved