१३ वर्षीय छोरीको बुबाबाटै बलात्कार, गर्भ पतन गराउँदा अस्पतालबाटै पक्राउ

alt
  • पुस २०, २०७७
  • अपराध न्यूज

छोरी बलात्कारको आरोपमा सुनसरी प्रहरीले बुबालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेको हो । पक्राउ परेका पुरुषमाथि आफ्नै १३ वर्षीय छोरीमाथि पटक पटक जवरजस्तीकरणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार करिब पाँच महिनाको गर्भ पतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो ।

बलात्कारको गर्भ रहेपछि पुरुषले  गाउमै गर्भपतनको प्रयास भएको थिए । तर किशोरीको अवस्था जटिल भएपछि नोबेल मेडिकल कलेज विराटनगर ल्याइएको थियो । कलेजमा सोधीखोजी गर्दा बुबाले नै करणी गरेको खुलेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

सानी बच्चीलाई गर्भपतनका लागि नोबेल अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो ।’ थापाले भने ‘बुबालाई मोरङ प्रहरीले पक्राउ गरी हामीलाई बुझाएको हो । प्रहरीले ती पुरुषलाई शुक्रवार अस्पतालबाट पक्राउ गरेको थियो ।

पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । ‘गर्भपतन गरेको बच्चाको डिएनए जाँचका लागि पठाएका छौँ ।’ उनले भने ‘ आरोपी पुरुष प्रहरी हिरासतमा छन् । पक्राउ परेका पुरुषले पहिलो श्रीमतीले आत्महत्या गरेपछि केही वर्ष अघि दोस्रो विवाह गरेका थिए । 

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved