प्रहरी सक्रियता बढेसँगै इटहरीमा ‘अवैध’ काम गर्नेहरूको ‘निदहराम’

alt
  • पुस १८, २०७७
  • अपराध न्यूज

इटहरी प्रहरीले सक्रियता बढाएसँगै ‘अवैध’ काम गर्नेहरूको ‘निदहराम’ भएको छ। इटहरी प्रहरीले नियमित गस्तीका अतिरिक्त समय–समयमा अकस्मात् गरिने चेकिङ ‘एम्बुस’ चेकिङ पनि गर्ने गरेको छ। यसै सिलसिलामा प्रहरीले गरेको एम्बुस चेकिङको क्रममा केराबारी ५का मानबहादुर लिम्बुलाई पक्राउ गरेको छ। शुक्रवार बिहान बजेतिर इटहरी ४ बुढी खोला नजिकै पूर्व जाँदै गरेको को १४ प ९२०२नम्बरको मोटरसाइकलमा सवार लिम्बुलाई २ किलो ७सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।

Drhus यसरी समातिए लिम्बु

शुक्रवार बिहान प्रहरीले एम्बुस चेकिङको क्रममा पूर्व जाँदै गरेको को १४ प ९२०२नम्बरको मोटरसाइकलमा दुई जना सवार देख्छ। दुई जना मानिस आइरहेको अवस्थामा प्रहरीलाई देख्न साथ मोटरसाइकल रोकिन्छ र पछाडि सवार व्यक्ति भने फरार हुन्छ। प्रहरीले मोटरसाइकल चालक र मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई सोधपुछ गर्ने क्रममा मोरङ जिल्ला केराबारी गाउँपालिका ५बस्ने २४वर्षीय लिम्बुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएपछि पछाडि झुन्ड्याउने कालो झोला बरामद गरेपछि चेक जाँच गर्ने क्रममा झोला भित्र बोरामा लुकाएको दुई के.जी ७०० ग्राम गाँजा फेला पारेको जनाएको छ।

गाँजा बरामद गरेपछि प्रहरीले मोटरसाइकलसहित लिम्बुलाई पक्राउ गरेर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। पूर्वी खबरबाट

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved