इटहरीमा ठूलो परिणामको लागूऔषधसहित ६ जना पक्राउ

alt
  • मंसिर २६, २०७७
  • अपराध न्यूज

कोरोना भाइरसको महामारीमा अवैध लागूऔषध कारोबार गर्ने छ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ठुलो परिणामको लागूऔषध बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका क्षेत्रबाट अवैध लागूऔषध कारोवार गर्ने एक भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए। 

भारत दरभंगा घर भएका २७ वर्षीय ओमप्रकाश यादव, सुनसरी इटहरीका सनम बस्नेत, सागर काफ्ले, अमर सरदार, प्रकाश सरदार र मोरङ जहदा गाउँपालिकाकाका उमेशकुमार मण्डललाई पक्राउ गरिएको एसपी थापाले बताए। 

पक्राउ परेका लागूऔषध कारोवारीबाट ट्रमाडोल क्याप्सुल १२ हजार ९ सय ६०  पिस, प्लान्कफ ३० बोतल, नाइट्राभेट एक हजार ६ सय ५० ट्याब्लेट र स्पास्पेन २ सय ४० क्याप्सुल बरामत गरिएको एसपी थापाले बताए। 

त्यस्तै पक्राउ परेकाकाको साथबाट ६ थान मोवाइल र ८ हजार ३५ रुपैयाँ नगदसमेत बरामत गरिएको उनले बताए। पक्राउ परेकालाई लागूऔषध कारोवार ऐन अन्र्तगत मुद्दा दर्ता गरेर जिल्ला अदालत सुनसरीबाट म्याद थप गर्दै अनुसन्धान थालिएको छ। पक्राउ परेका व्यक्ति र बरामत लागूऔषध बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ। 

सम्बन्धित समाचारहरु

प्रदेश सुरक्षा समिति ...

१ नं. प्रदेशको सुनसरी, मोरङ र झापामा अत्यन्त कडा निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई निर्देश ...

सेनाकाे हेलिकोप्टरबा ...

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी ...

९ वर्ष अघि हत्या भएक ...

जिल्ला प्रहरी कार्यालय मोरङ्गले हत्या गरिएको अवस्थामा फेला परेकी महिलाको पहिचानका लागि सुचना सार्वजन ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved