बलात्कारमा संलग्नलाई कानुनी दायरामा ल्याउन इटहरी प्रहरी सफल

alt
  • मंसिर ९, २०७७
  • अपराध न्यूज

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाबालिग (१८वर्ष भन्दा मुनिका) देखि ५०वर्षीय वृद्धसम्म छन्। उल्लेखित ८वटा घटनामा ९ जना संलग्न रहेको र एक जना फरार रहेका छन् भने अन्य ८ जना कानुनी दायरामा ल्याइएका छन्।

भाद्र ५ गते १४ बर्षीया बालिकालाई घर पु¥याईदिने बहानामा इटहरीस्थित डेरामा ल्याएर बलात्कार गर्ने साबिक श्रीपुर जब्दी गाविस ८ हाल कोसी गाउँपालिका ४ नहर चोक घर हाल इटहरीको बिजुली अफिस लाइनमा डेरा बस्ने ३०वर्षीय सद्दाम हुसेन र इटहरी ६ आइतबारे टोलमा डेरा गरी बस्ने २२ वर्षीय फैसला खान पक्राउ परेका छन्।

यस्तै भदौ २३ गते बिहान भोजपुर दोभाने गाउँपालिका वडा नम्बर ६ सालेवा घर भई इटहरी ५ मा डेरा गरी बस्ने २१वर्षीय प्रतीक राईले १४ बर्षीया बालिकालाई विभिन्न डर त्रास एवं धाक धम्की दिई बलात्कार गरेको र राईलाई प्रहरीले पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ।

त्यस्तै गत असोज १२ गते ८ बर्षीया बालिकालाई ललाई फकाई बलात्कार गर्ने एक नाबालिग पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पुरा गरेको प्रहरीले जनाएको छ।

यसै गरी २०७६ पुस २७ गते देखी २०७७ भदौ ४ गतेसम्म इटहरी २मा बसोबास गर्ने सुरज भन्ने राम बहादुर तामाङले आफ्नै घरमा १८बर्षीया किशोरीलाई बलात्कार गरेको र तामाङलाई पक्राउ गरेर कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ।

यस्तै असोज ७ गते बिहान इटहरी ५ मा सुनसरीको राम धुनी नगरपालिका ६ पोखरी टोल बस्ने ३४ वर्षीय सुदिप राजधामीले २७ बर्षीया महिलालाई धाक धम्की दिएर डर त्रासमा पारेर बलात्कार गरेको र राजधामीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ।

यसै गरी कात्तिक १३ गते ९ बर्षीया बालिकालाई पैसा समेत दिएर डर त्रास देखाउँदै बलात्कार गर्ने इटहरी १९ बस्ने ५० वर्षीय कुमार भन्ने बुद्दे राईलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ।

यस्तै कात्तिक ३० गते राति १४ बर्षीया बालिकालाई इटहरी ७ मा बलात्कार गर्ने एक जना नाबालिगलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरेको इटहरी प्रहरीले जनाएको छ।

यस्तै असोज १ गते १८बर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन दिएर बलात्कार गरेर फरार भएका रोशन चौधरीको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

यसैबिच मुलुकी अपराध संहिता २०७४मा १०वर्ष सम्मका बालिका वा पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्ष भन्दा माथिका महिला बलात्कृत भएर दोषीलाई जन्मकैद हुने व्यवस्था छ।

यस्तै १०वर्ष देखि १४ वर्षसम्मका बालिका बलात्कारमा संलग्नलाई १८वर्षदेखि २० वर्षसम्म कैद हुने व्यवस्था छ। यस्तै १४ देखि १६बर्षकी किशोरी बलात्कार भएमा १२ देखि १४वर्ष सम्म कैद हुने व्यवस्था छ। १६ वर्षदेखि १८ वर्ष सम्मकी किशोरी बलात्कृत भए १० वर्षदेखि १२ वर्षसम्म कैद हुने व्यवस्था छ। यसै गरी१८ वर्षदेखि माथि ७० वर्षसम्मका महिला भए ७देखि १०वर्ष सम्म कैद हुने व्यवस्था छ।

यस्तै १८वर्ष भन्दा मुनिका किशोरीको सहमतिमै यौन सम्बन्ध स्थापित भएमा त्यो पनि बलात्कार ठहरिने मुलुकी अपराध संहिता २०७४मा उल्लेख छ। त्यस्तै बलात्कार पछि हत्या भए कर्तव्य ज्यान अन्तरगत एवं जबजस्ति करणी सम्बन्धी कसुर अन्तरगत कारबाही हुने कानुन छ।

यसै गरी बलात्कारमा संलग्न व्यक्ति १८ वर्ष भन्दा कमको भए बाल सुधार गृहमा राखिने र नाबालिग (१८वर्ष पुगेपछि) कारागार चलान गरिने व्यवस्था छ।

यस्तै भदौ २५ यता अरू विभिन्न घटनामा संलग्न ६७ जनालाई इटहरी प्रहरीले कानुनी दायरामा ल्याई सकेको छ। जसमा बालुवा तस्करी गर्ने देखि इमोमा ठगी गर्ने सम्मका छन्।

सम्बन्धित समाचारहरु

करणीको पोल खोल्ने डर ...

१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रल ...

फेसन सो गर्ने भन्दै ...

फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकल ...

जबरजस्ती करणी मुद्दा ...

धरान जबरजस्ती करणी मुद्दाका फरार  रहेका धरान १४ बस्ने ५० वर्षीय झलक  श्रेष्ठ कारागार चलान ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved