१२ बोरको टोटा बन्दुकसहित शङ्कास्पद व्यक्ति पक्राउ

alt
  • मंसिर ९, २०७७
  • अपराध न्यूज

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा रहेको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–१ का ५८ वर्षीय अरुण भनिने अमृतबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । 

गस्ती तथा सूचना संकलन गर्न र बन्दुक नियन्त्रणमा लिन दुई दिनदेखि टोली परिचालित थियो । घरमा हतियार लुकाइछिपाइ राखेको सूचनाका आधारमा छापा हान्दा सोमबार दिउँसो बन्दुक फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । 

उनका अनुसार घरमा लुकाएर राखेको अवस्थामा बन्दुक भेटिएपछि श्रेष्ठलाई पनि पक्राउ गरिएको हो । श्रेष्ठको घरबाट बन्दुकसहित तीनवटा खाली खोका, पाँच सय ग्राम बारुद र दुईवटा मोबाइल बरामद भएको खड्काले बताए । 

बन्दुकसहित पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार हातहतियार खरखजना मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानपछि मात्रै उनको पृष्ठभूमि र कुनै संघ संगठनमा आवद्धता रहे/नरहेको भन्न सकिने एसपी खड्काको भनाइ छ । 

सम्बन्धित समाचारहरु

करणीको पोल खोल्ने डर ...

१४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाँदै गर्दा उद्धार गरिएको छ । आर्थिक प्रल ...

फेसन सो गर्ने भन्दै ...

फेसन सो आयोजक बताउँदै एक व्यवसायीसँग ड्रोनसहित २० लाख रुपैयाँ बराबरको सामग्री ठगेको आरोपमा दुई युवकल ...

जबरजस्ती करणी मुद्दा ...

धरान जबरजस्ती करणी मुद्दाका फरार  रहेका धरान १४ बस्ने ५० वर्षीय झलक  श्रेष्ठ कारागार चलान ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved