प्रदेश १ प्रहरीलाई अनुसन्धानमा सघाउने ‘लैला’ सधैँ उत्कृष्ट

alt
  • कार्तिक २९, २०७७
  • अपराध न्यूज

झापाको कनकाई–३ मा असोज २८ गते बन्चरो प्रहार गरी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । शव सुरुङ्गा खोलाको बाँध नजिकैको बाँस घारीको बिचमा भेटिएको थियो । यो घटनामा कुकुर शाखा धरानबाट खटिएको ट्रयाकर डग ‘लैला’ ले हत्याराको पहिचान गर्ने कार्यमा सहयोग गरेको थियो ।

लैलाले अपराध स्थलमा लाशजाँच गरी हत्याराले छाडेको सुराकको आधारमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशीको घर पुगेको थियो । पछि अनुसन्धानको क्रममा चौधरीको हत्या राजवंशीले गरेको पुष्टि भयो ।

यस्तै असोज २९ गते इलाम नगरपालिका १ स्थानीय ४६ वर्षीय शिक्षक पुष्पलाल राईको धारिलो हतियार प्रहारबाट हत्या भयो । यो घटनामा पनि लैलाको मद्दतले हत्यामा संलग्न ४५ वर्षीय पदम बहादुर राई पक्राउ परे ।

लैलाले हत्यामा प्रयोग भएको खुकुरी बरामद गरेको थियो ।  असोज १० गते सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा १२ वर्षीय बालिका मिना राईको हत्यामा संलग्न एक युवकलाई समेत लैलाको मद्दतले पक्राउ गरिएको थियो ।

प्रदेश १ मा यस्तै प्रकृतिका धेरै घटनामा लैलाले प्रहरी अनुसन्धानलाई सफल बनाएको उदाहरण छ । जघन्य प्रकृतिका घटना अनुसन्धानको लागि लैला प्रदेश १ प्रहरीको प्रिय कुकुर मानिन्छ । लैलाले अहिलेसम्म ९ वटा जघन्य केशमा प्रहरीलाई सफल अनुसन्धान गर्न मद्दत गरिसकेको छ । 

कुकुर शाखा धरानमा अहिले ट्रयाकर विधामा लैला र पिकु नाम गरेका दुई वटा कुकुर कार्यरत छन् । पिकुले भर्खरै तालिम सकेका कारण लैला मात्र फिल्डमा जाने गरेको छ ।

अहिले कुकुर शाखामा ८ वटा कुकुर छन् । हाल विराटनगर विमानस्थलमा २ र कुकुर शाखा धरानमा ६ वटा कुकुर छन् ।

२०४७ मा दुई वटा कुकुरबाट स्थापना भएको १ नं। प्रदेश प्रहरी कुकुर शाखामा अहिले प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना प्रहरी कार्यरत छन्। यी नै अनुभवी प्रहरीले विभिन्न विधाका कुकुरलाई दैनिक तालिम, सरसफाइ, खानपान र फिल्डमा लैजाने गर्छन्।

कर्तव्य ज्यान जस्ता संम्वेदनशिल घटनाहरूमा अपराधी पहिचान गर्न ट्रयाकर विधाको डग प्रयोग गरिन्छ। भिआइपी सुरक्षा, संसद् भवन, विमानस्थल सुरक्षा तथा सार्वजनिक स्थानमा राखिएका विस्फोटक पदार्थ पत्ता लगाउन ‘एक्सप्लोसिव’ विधाको कुकुरको प्रयोग गरिन्छ।

यस्तै लागुऔषध विधाका कुकुरले लुकाइ छिपाइ राखिएको लागुऔषध बरामद देखि बोक्ने व्यक्तिको पहिचान गर्ने गर्छ भने रेस्क्यु विधाको कुकुरले दैवी प्रकोपमा फसेका वा पुरिएका व्यक्तिको उद्धार गर्ने गरेको छ।

mM मानिस भन्दा ५ गुना बढी सुध्ने शक्ति भएका यस्ता तालिमप्राप्त कुकुरले घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा कम्तीमा ८६ प्रतिशतसम्म सफलता प्राप्त हुने कुकुर शाखाका सई दयानन्द श्रेष्ठले अपराध न्युजलाई जानकारी दिए।

उनी भन्छन् ‘अहिले धेरै घटनामा तालिमप्राप्त कुकुरलाई मगाइन्छ । कतिपय घटनामा त कुकुर नआएसम्म शवसमेत उठ्दैन। कुकुरले प्राय सबै घटनामा अपराधी पहिचान गर्न सक्छ भन्ने होइन तर अनुसन्धानको पाटोलाई भरपुर मद्दत गर्ने गरेको छ। कुकुर प्रयोग भएका घटनाको परिणाम पनि सकारात्मक आउने श्रेष्ठ बताउँछन् । 

 तालिम र सुविधा

८ वटै कुकुरलाई ‘डग ह्यान्डलर’ ले बिहान ६ देखि आधा घण्टा दौड र पिटी खेलाइने गरिन्छ। त्यसपछि बिहानको ब्रेक फास्ट अनि ८ बजेदेखि फिल्डमा विषयगत तालिम दिइन्छ। ९ बजे सरसफाइ अनि १० बजे खाना दिइने गरेको छ। त्यसपछि २ बजेदेखि पूनं ५ बजेसम्म विषयगत तालिम र रिहर्सल गराइन्छ।

यी कुकुरलाई सामान्य मानिसले खाने भन्दा भिन्नै ‘डग फुड’ खुवाइने गरिन्छ। एउटा स्वस्थ कुकुरलाई १ केजी तौल बराबर १ सय ३२ क्लोरिनको आवश्यकता पर्छ। एउटा कुकुरले दैनिक ६ सय ग्राम डग फुड खान्छ। अहिले कुकुरको दैनिक भत्ता ३ सय २५ छ।

कुकुरलाई तालिम गराउन सक्षम प्रहरी जवानलाई ‘ह्यान्डलर’ भनिन्छ। एउटा कुकुरलाई एक जनाले नै ह्यान्डल गर्ने गर्छन्। कुकुरले जसले तालिम दियो उसैको मात्र निर्देशन मान्ने गर्दछ। दैनिक तालिममा यी कुकुरहरूलाई लागुऔषध र विस्फोटक पदार्थ जस्ता कुरा लुकाइन्छ र खोज्न लगाइन्छ। ह्यान्डलरले तालिम गराउँदा साङ्केतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ।

एउटा कुकुरलाई दिइएको विधामा ‘ट्रेन्ड’ हुन कम्तीमा पनि १ वर्षसम्म लाग्ने कुकुर शाखाका ह्यान्डलर प्रहरी हबलदार उपेन्द्र थापा बताउँछन्। लागुऔषध, विस्फोटक पदार्थ र रेस्क्यु विधाका कुकुरहरू प्राय ६-७ महिनामा ‘ट्रेन्ड’ हुन्छन् भने ट्रयाकर विधामा १ वर्षसम्म लाग्ने उनको अनुभव छ।

अपराध अनुसन्धानमा कुकुरबाट सहयोग पुग्ने बुझेरै २०२७ सालमा तत्कालीन प्रहरी महानिरीक्षक डीबी लामाले नेपाल प्रहरीमा कुकुर इकाई खडा गरेको इतिहास छ।

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved