भाइसँग अवैध सम्बन्ध राख्ने श्रीमतीको दाइले गरे हत्या

alt
  • कार्तिक २०, २०७७
  • अपराध न्यूज

सोलुखुम्बुमा श्रीमानले अवैध सम्बन्धमा रहेकी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । सोताङ गाउँपालिका ३ का २९ वर्षीय होम बहादुर राईले श्रीमतीको भाईसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि बुधवार राती खुकुरी प्रहारबाट २८ वर्षीय श्रीमती सोमा लामाको हत्या गरेका हुन् ।

दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना यता माइत बस्दै आएकी थिइन । माइत बस्दा २७ वर्षीय नन्द राज राईसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि विवादको क्रममा होम बहादुरले राती नन्द राजकै घरमा पुगेर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालका अनुसार दुवैबिच डिभोर्सको प्रक्रिया चलिरहेको अवस्थामा घटना भएको जानकारी दिए ।

घटनाको विषयमा प्रहरीमा जानकारी हुनसाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली खटी गई हत्या आरोपमा होम बहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

हत्या गर्ने राई र नन्द राज राई नाताले दाजु भाई हुन् ।

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved