डिआइजीको निर्देशन कार्यान्वयनमै शङ्का

alt
  • कार्तिक १७, २०७७
  • अपराध न्यूज

आइतबार १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर बाबु कार्कीले अकास्मत भारतीय सीमासँग जोडिएका मोरङका प्रहरी इन्चार्ज तथा सहायकहरूलाई प्रदेश प्रहरी कार्यालयमा सामेल हुन निर्देशन दिए ।

जिल्लाका प्रहरी प्रमुखले आफ्ना मातहतका कार्यालय प्रमुखलाई आवश्यक निर्देशन दिने सिस्टम भए पनि सिधै डिआइजीले ब्रिफिङमा बोलाएपछि इन्चार्जहरु आश्चर्य मान्दै ब्रिफिङमा सामेल भए ।

ब्रिफिङलाई सम्बोधन गदै डिआइजी कार्कीले भने ‘तपाईँहरूको गुनासो धेरै आएको छ म कहाँ । तस्करीसँगको मिलेमतोमा सामान भित्रिरहेको उजुरी आउन थालेको छ । अब यो काम रोक्नुहोस्, नत्र कारबाहीको लागि तयार हुनुहोस् ।’

थप निर्देशन दिँदै कार्कीले भने ‘तस्करसँगको मिलेमतोलाई कारबाहीमा शुन्यसहनशिलताको नीति अवलम्बन गर्नुहोस् ।’ ‘हैन भने तपाईँहरूलाई निलम्बन गरेर फौजदारी अपराध अन्तर्गत कारबाही हुन्छ ।’ बिचार गर्नुहोस् !

करिब २० मिनेटको ब्रिफिङ सकेपछि आइतबार नै डिआइजी झापाको इलाका प्रहरी कार्यालय अनारमनी हानिए । त्यहाँ पनि झापा जिल्लाको सीमावर्ती क्षेत्रका प्रहरी इन्चार्ज र सहायकहरूलाई ब्रिफिङमा सोही कुरा निर्देशित गरे ।

झापाको सीमावर्ती क्षेत्रबाट हुने चौपायादेखि सुपारी तस्करीका जस्ता कामलाई पूर्णरुपमा रोक्न र सिमाना हुने घुसपैठ रोक्न निर्देशन दिए । डिआइजी कार्की सोमबार भने इलाम पुगेर त्यहाँको पनि सीमावर्ती प्रहरीका इन्चार्ज तथा सहायकहरूलाई यही कुरा निर्देशित गरेका छन् ।

चाडबाडको समयमा खुल्ला सिमानाको फाइदा उठाउँदै हुन सक्ने अवैध चोरी निकासी तथा अन्तर देशीय रूपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाइका साथ कार्य सम्पादन गर्न मोरङ, झापा र इलामका सीमावर्ती प्रहरी इन्चार्जहरुलाई सचेत गराए ।

डिआइजीको यो दौडधुप र आक्रमक निर्देशनले प्रदेश प्रहरी वृत्तमा फेरी एक पटक उनको चर्चा हुन थालेको छ । धेरैले उनको यो कामलाई ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ मात्र भएको दाबी गरेका छन् भने कमैले मात्र डिआइजीको कामलाई ठिक मानेका छन् ।

कार्कीले यस अघि पहुँचको आधारमा एकै ठाउँ लामो समयसम्म काजमा बस्ने प्रहरीलाई दरबन्दी पठाउने आदेश जारी गरे । तर यसको कार्यान्वयन केही महिनासम्म मात्र रह्यो । अहिले काज फर्काइएका आधा जसो प्रहरी फेरी उही ठाउँमा फर्किसकेका छन् । यो बिचमा काजमै कतिले त राम्रो ठाउँको इन्चार्ज समेत पाए ।

डिआइजी कार्कीले प्रहरी सङ्गठनको बेथितिको रूपमा रहेको काज बस्ने प्रवृत्तिलाई हदैसम्म नियन्त्रणमा ल्याउने अपेक्षा स्वयम यहाँका प्रहरीले गरेका थिए । तर डिआइजी आफैले गरेको आदेश विरुद्ध केही प्रहरीलाई काज मार्फत इन्चार्जको जिम्मेवारी दिएपछि उनको कार्य सम्पादन क्षमता कमजोर भएको आकलन गर्न थालेका छन् । 

यता नियन्त्रणमै आउन नसक्ने सीमाजन्य तस्करी रोक्न लागि अहिले डिआइजीले दिएको आदेश प्रचारमा ल्याएर हेडक्वार्टरलाई काम देखाउने अस्त्र मात्र भएको दाबी गरिएको छ ।

दसैँ अगाडी सीमावर्ती जिल्लाका सबै नाकाबाट तस्करीको लाइन खुलेआम चलेको र लाइन चलाए बापत दसैँ खर्च राम्रो उठेपछि अहिले भारत विहारमा हुन लागेको विधान सभालाई समेत लक्षित गरेर सीमा ‘टाइट’ गर्ने रणनीति भएको जानकार बताउँछन् ।

‘यहाँ सीमा क्षेत्रमा खटिएका प्रहरी इन्चार्ज कि डिआइजी कि एसपीलाई रिझाएर मात्र आएका हुन्छन्, त्यस कारण बाहिर देखिने आदेश र कामहरू सिर्फ ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ मात्र भएको एक पूर्व प्रहरी अधिकृत बताउँछन् ।

तर सीमावर्तीका इन्चार्जहरुलाई डिआइजी स्वयमले तस्करी नियन्त्रण गर्न चेतावनीयुक्त दिएको आदेशले भने केही अर्थ राख्ने ती अधिकृत बताउँछन् ।

अब केही दिन सीमावर्ती क्षेत्रमा हुने गतिविधिमा कडाइ हुन्छ । नोभेम्बर ७ तारिकमा विहारमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनलाई लक्षित गरी भारत तर्फले पनि सीमा कडाइ गर्छ । ‘यो बिचमा प्रहरीले पनि काम गरेको देखाउने अवसर पाउँछ’ उनी भन्छन् ‘डिआइजीले अहिले दिएको आदेश समयानुकुल परिस्थित हो ।’

विहारको निर्वाचनपछि डिआइजीको आदेश कार्यान्वयनको वास्तविकता छर्लङ्ग देखिने ती पूर्व प्रहरी कर्मचारी बताउँछन् ।

 

डिआइजीको आदेश

 

Adesh

सम्बन्धित समाचारहरु

सुनसरीको स्याउ तस्कर ...

सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । स ...

सुनसरीमा स्याउ तस्कर ...

    सुनसरीको स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक सईसहित त ...

पाँचथरमा वृद्धको हत् ...

पाँचथरको फिदिम नगरपालिका ४ कुमाले टारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा अनुसन्धानको लागि ट ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved