कालिज फर्मभित्र नेताको जुवा ‘धन्दा’

alt
  • कार्तिक १६, २०७७
  • अपराध न्यूज

 

शनिवार मोरङको केराबारी ६ सानो रांन्चास्थित कालिज फर्मबाटमा जुवा खेलिरहेको अवस्थामा प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम ‘रिट’ टोलीले ५ जनालाई पक्राउ गर्‍यो । उनीहरूको साथमा नगद ८ लाख ८९ हजार २५० रुपैयाँ बरामद भयो ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका कर्मचारीदेखि नेता र व्यवसायी थिए । 

जुवाको खालबाट हरि एग्रिकल्चर एन्ड लाइभ स्टक सेन्टर (कालिज फर्म) का सञ्चालक भूपेन्द्र भट्टराई, धरान १५ का अरुण केसी र शैलेश भुजेल, धरान ६ का हरि खत्री र केराबारी ६ का बोधराज मगर पक्राउ परेका थिए । जसमा हरि खत्री धरान १५ नम्बर वडा कार्यालयका जुनियर अधिकृत हुन् । यस्तै फर्म सञ्चालक भूपेन्द्र भट्टराई पानमाराका काँग्रेसका नेता हुन् । 

भट्टराई २०७४ सालको स्थानीय तह निर्वाचनमा धरान वडा नं ६ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेसबाट पराजित उम्मेदवार हुन् । उनले करिब डेढ बर्षदेखि केराबारीमा कालिज फर्म पनि सञ्चालन गरिरहेका थिए ।

बाँकी अरुण केसी, शैलेश भुजेल र बोधराज मगर व्यवसायी हुन् ।

फर्म सञ्चालक भट्टराईले दशै देखिनै जुवा खेलाउने गरेको प्रहरीलाई सूचना थियो । केराबारी क्षेत्रमा दशैको बिचमा ठुला ठुला जुवाका खेल भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीलाई जानकारी भए पनि प्रहरीले वास्ता गरेको थिएन । बेलबारी प्रहरीको मातहतमा आउने इलाका प्रहरी कार्यालय केराबारीलाई कालिज फर्ममा समूह बनाएर जुवा खेलाइने गरेको दसैँ बिचमा सूचना पुगेको स्रोत बताउँछ ।

तर प्रहरीले यी जुवा समूहसँग ‘सेटिङ’ गरेको स्रोतको दाबी छ । भट्टराईको फर्ममा केही दिन अघि धरान, इटहरी र दमक ठेगाना भएका व्यक्तिहरूको राम्रो जुवा खेल भएको बताइएको छ । 

केराबारी प्रहरीलाई जुवाको सूचना पुग्दा समेत कुनै ‘एक्सन’ नलिएपछि यो सूचना रिट समूहलाई पुगेको प्रहरी स्रोत बताउँछ ।

रिट समूहले शनिवार भने बिहानैदेखि निगरानी गरी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved