रअको ‘अफिसर’ भनी गोली ठोक्ने धम्की दिनेको घरबाट पेस्तोल बरामद

alt
  • कार्तिक १३, २०७७
  • अपराध न्यूज

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ७ मा बुधवार बिहान स्थानीयसँग विवादको क्रममा एक व्यक्तिले ‘गोली ठोक्दिन्छु’ भनेर धम्की दिएपछि त्यहाँका स्थानीयहरूमा डरको माहौल बन्यो ।

प्राय भारत बस्ने र केही दिन अघि मात्र भोक्राहा आफन्तको घर आएका २३ वर्षीय टुमा सिंह यादवले छिमेकीलाई पटक पटक गोली ठोक्छु भनेर धम्की दिएको प्रहरीलाई जानकारी पुग्यो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुवास भट्टराईको टोली सिंहको अनुसन्धानमा खटिए ।

अनुसन्धानको क्रममा यादवले गाउँका अन्यलाई पनि ‘आफू रअको अफिसर’ भएको भनेर चिनाएका थिए । आफू एउटा मिसनमा आएको भनेर उनले केही स्थानीय व्यवसायीको फोटो समेत खिचेका थिए ।

उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरी निरीक्षक भट्टराईको टोली परिचालित भएको थियो । बुधवार बिहानको विवादपछि प्रहरी निगरानीमा परेका यादव बस्दै आएको घर खानतलासी गरियो । त्यस क्रममा उनको घर कम्पाउन्ड भित्रको शौचालयको सेप्टी टाङकीको छेउमा कालो प्लास्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा एक थान अटोमेटिक पेस्तोल बरामद भयो ।

प्रहरीले मेड इन इन्डिया लेखिएको पेस्तोल र त्यसमा लाग्ने ७.६५ एमएमको गोली दुई राउन्ड बरामद गरेको छ । यादवको साथमा भेटिएको पेस्तोल नयाँ छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । ‘यादवले धेरै जनालाई फरक फरक कुरा गरेको कारण गम्भीर अनुसन्धान भइरहेको छ’ उनले अपराध न्यूजसँग भने ‘मानसिक सन्तुलन ठिक नभएको पनि हुन सक्छ ।’

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved