मोरङ प्रहरीले शङ्कास्पद व्यक्तिमाथि निगरानी बढायो

alt
  • कार्तिक ७, २०७७
  • अपराध न्यूज

मोरङ प्रहरीले विगतमा चाडपर्वका बेला भएका अपराधिक गतिविधी र यस वर्ष हुन सक्ने सम्भावित घटनाको विश्लेषण गर्दै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ । दसैंसँगै टोलटोलमा प्रहरी परिचालन गर्दै प्रदेश १ को राजधानी विराटनगर लगायत मोरङको सुरक्षा व्यवस्था कडा पारेर लगिएको छ ।

शंकास्पद गतिविधी गर्ने, चोरी, लुटपाट, डकैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भड्काउन खोज्नेमाथि विशेष ढंगले निगरानी बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी गर्न प्रहरीको विशेष टोली खटिएको छ ।

दसैं लगायत चाडपर्वका बेला अपराध गर्ने एवं अवैध तरिकाले लाभ उठाउन खोज्ने प्रयास कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने उनको भनाइ छ । चाडपर्वका बेला हुनसक्ने अपराधिक घटना नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न परिचालित प्रहरीको नेतृत्व एसपी खड्का आफैले गरेका छन् । उनले कुनै पनि शंकास्पद गतिविधी कोहीकसैले गरेको पाइएमा तत्काल प्रहरीलाई जानकारी पनि आग्रह गरेका छन् ।

उनले आर्थिक गतिविधी धेरै हुने ठाउँदेखि लिएर महत्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाएर सुरक्षा व्यवस्था कडा पारिएको जनाए । एसपी खड्काले कुनै पनि अपराधिक घटना हुन नदिने हिसाबमा प्रहरी अघि बढेको जनाए । सार्वजनिक स्थल र पसलहरुमा २४ घण्टानै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ ।

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved