'लैला'ले पत्ता लगायो शिक्षक पुष्पलाल राईको हत्यारा

alt
  • कार्तिक ३, २०७७
  • अपराध न्यूज

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा माई नगरपालिका–१ का ४५ वर्षीय पदम राई रहेका छन्। संघीय प्रहरी इकाइ धरानको ‘लैला’ नामक ट्रयाकर कुकुरको सहायतामा पदमबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गत असोज २९ गते अन्दाजी साढे १० बजेको समयमा पदमबहादुरको आँगनमा पुष्पलाल मृत फेला परेका थिए। ​घटनालगत्तै इलामका प्रहरी उपरीक्षक नवीनराज राईको नेतृत्वमा टोली घटनास्थल गएर अनुसन्धान सुरु गरेको थियो। 

धारिलो हतियारले घाँटीको पछाडिको भागमा काटेको देखिएपछि थप अनुसन्धानका लागि लैलालाई झिकाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

लासलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि घटनामा संलग्न पदमबहादुरलाई खकुरीसहित पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो। 

पदमबहादुरले हत्या गरेको स्विकार गरेको सुवेदीले जानकारी दिए।  मृतक राई अम्लिसे भञ्ज्याङ आधारभूत विद्यालय अध्यापन गराउँदै आएका थिए। 

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved