मोरङमा चाडपर्व लक्षित प्रहरीको ‘स्वीप अप्रेसन’

alt
  • कार्तिक २, २०७७
  • अपराध न्यूज

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ चलाएको छ। चाडपर्व सुरु भएसँगै अपराधिक गतिविधि, नेपाल र भारतबाट हुने चोरी तस्करी, सीमा अपराध, लागुऔषध एवम् साना हतियारको ओसारपसारलाई नियन्त्रण गर्न मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले विशेष अप्रेशन सञ्चालन गरेको हो। दसैं लगायतका चाडपर्वका बेला हुनसक्ने सम्भावित अपराध नियन्त्रण अप्रेशनको उदेश्य हो।

कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला जोखिम मोलेरै विशेष टोली परिचालत गर्दै चलाइएको अप्रेशनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गरेका छन्। सीमा क्षेत्रमा विगतमा भएका अपराधिक गतिविधिको विश्लेषण गर्दै सुरु गरिएको अभियानका क्रममा प्रहरीले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन थालेको छ।

अभियान सम्भावित घटनालाई नियन्त्रण एवं रोकथाम गर्न फलदायी हुने अपेक्षा प्रहरीको छ। 

एक साताको समयमा सीमा क्षेत्रमा शंकास्पद गतिविधि गर्ने दुई सय १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एसपी खड्काले पहिलो चरणमा सोधपुछ र केरकार गर्दै सबै विवरण राखेर आगामी दिनमा गल्ती नदोहोर्‍याउने सर्तमा सम्झाइ बुझाइ गर्दै नियन्त्रणमा लिइएकालाई आफन्तको जिम्मामा छाडिएको जानकारी दिए।

उनका अनुसार पुनः गल्ती दोहोर्‍याएमा नियन्त्रणमा लिएर कारबाही गरिनेछ।  

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved