इलामको माइ नगरपालिका १ बिहीबारे निवासी शिक्षक पुष्पलाल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही स्थानका ४५ वर्षीय पदमबहादुर राईलाई पक्राउ गरेको हो । ४६ वर्षीय शिक्षक राईको शव असोज २९ गते पदमबहादुर राई नजिकै भेटिएको थियो ।
अनुसन्धानको क्रममा पदमबहादुर पक्राउ परेको र उनले आफूले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिक्षक राईको शव भेटिएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीनराज राईको कमाण्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
मृतकको घाँटीको पछाडिको भाग धारिलो हतियारले काटिएको अवस्थामा थियो ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved