सुनसरी प्रहरीद्धारा नागरिक सम्मानित

alt
  • कार्तिक २, २०७७
  • अपराध न्यूज

जिल्ला प्रहरी कार्यालय सुनसरीले ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो । प्रहरी दिवसको सन्दर्भ पारेर सुनसरी प्रहरीले उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवा नगरपालिका-३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका-७ का रमेश यादव, इनरुवा नगरपालिका-३ का जिनियस निरौला रामधुनि नगरपालिका-१ कि रुमा रिजाल छन् भने निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका-४ का हाजी इसराइल मन्सुरी, इटहरी उपमहानगरपालिका-४ का खगेन्द्र श्रेष्ठ, इनरुवा नगरपालिका-३ का जय प्रकाश शाह,कोशि गाउँपालिका-८ का मनोज सिपलिया यादव, हरिनगर गाउँपालिकाका एयुव अन्सारी लगायत रहेका छन् ।

प्रहरी प्रमुख कमल थापाले औपचारिक कार्यक्रमका बिच उनीहरुलाई कार्यकक्षमा सम्मान गर्नु भएको थियो । सुनसरी प्रहरीका अनुसार विभिन्न क्षेत्रमा रहि प्रहरीको लागि साथ, सहयोगका अलावा असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

सम्बन्धित समाचारहरु

बलात्कारमा संलग्नलाई ...

२०७७ भाद्र महिनादेखि यता हालसम्म इटहरीमा ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नाब ...

१२ बोरको टोटा बन्दु ...

मोरङको मिक्लाजुङबाट प्रहरीले एउटा १२ बोरको टोटा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प ...

सङ्खुवासभामा एम्बुले ...

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ मा एम्बुलेन्स तोडफोड भएको छ। अज्ञात समूहले बुधबारराति वाना प् ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved