साँझ निगरानी, मध्य रातमा चार्ज गरेकै ठाउँबाट ब्याट्री चोरी !

alt
  • कार्तिक १, २०७७
  • अपराध न्यूज

भदौको दोस्रो सातादेखि इटहरीका विभिन्न स्थानमा रातको समयमा चार्जमा राखेका सिटि सफारीको ब्याट्री एकाएक गायब हुन थाले । दशैको मुखमा राम्रो आम्दानी हुने समयमा ब्याट्रिनै चोरिएपछि सफारी चालकहरू अन्योलमा परे । 
 
ब्याट्री चोरी हुने क्रम नरोकिएपछि सिटी सफारी चालकहरूले इलाका प्रहरी कार्यालय इटहरीलाई जानकारी गराए । त्यस बेलासम्म इटहरीबाट ४ वटा सफारीको ब्याट्री चोरी भइसकेका थिए । यस्तै गुनासो लिएर आउने सङ्ख्या बढ्न थालेपछि इटहरी प्रहरीले ब्याट्री चोरी गर्ने गिरोह समूहसम्म पुग्ने ‘प्लान’ बनायो ।  
 
सुरुमा ब्याट्री चोरी भएको समयको पूर्वानुमान गरियो । प्राय १ देखि ३ बजेको बिचमा घर बाहिर वा ग्यारेजमा भित्र चार्जमा राखेका सफारीको ब्याट्री चोरी भएको थियो । 
 
ठिक यही समयको बिचमा इटहरीका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरियो । चार्जमा राखेका सफारीलाई पासो बनाएर भए पनि चोरलाई रंगेहात पक्राउ गर्ने योजना प्रहरीको थियो । यो बिचमा प्रहरीलाई असोज ११ गते रातीको एउटा सिसिटिभी भिडियो प्राप्त भयो । जसमा ब्याट्री चोरी गदै गरेको अवस्थाको फुटेजमा दुई जनाको स्पष्ट पहिचान खुल्यो ।

दुई जनाले ब्याट्री चोरी गर्न सफारी नै लिएर आएका थिए । सफारी र मान्छेको हुलिया अनुसार दुवैलाई खोजी गर्न प्रहरी जुट्यो । 
यो बिचमा उनीहरूले थप दुई वटा ब्याट्री चोरी गरे । उनीहरूले चोरी गर्ने सम्भावित समयमा इटहरीको ठाँउठाँउमा प्रहरी परिचालित अवस्थामा थियो ।
 
त्यसै क्रममा बिहीबार बिहान २ बजे सिसिटिभीमा देखिएको सिटी सफारी र दुई जना व्यक्ति इटहरीको पश्चिम लाइनको लालिमा होटेल अगाडीबाट प्रहरीले पक्राउ गर्न सफल भयो । उनीहरू चोरी गर्ने नै नियतले हिँडेको अवस्था थियो ।
 
पक्राउ पर्नेमा इटहरी ५ बस्ने २० वर्षीय राज भन्ने लोक बहादुर विश्वकर्मा र इटहरी ७ बस्ने श्यामलाल धामी थिए । यी दुवै जनाले इटहरीका विभिन्न स्थानमा पुगेर चार्जमा राखेका सिटिको ब्याट्री चोरी गर्ने गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । 
 
साँझ सिटी थन्काउने लोकेसनको निगरानी गर्ने र मध्य रातमा चोरी गर्ने दुवै जनाको योजना रहेको अनुसन्धानबाट खुलेको छ ।सिटी सफारीमा प्रयोग हुने ब्याट्री ४२ हजारदेखि ८० हजार सम्मको हुने गर्दछ । सफारीको ब्याट्री निकाल्न सजिलो हुने भएकाले र यसको सेकेन्ड हेन्ड दाम पनि राम्रो आउने भएकाले चोरी गरेको उनीहरूले बताएका छन् ।
 
विश्वकर्मा र धामीले इटहरीबाट चोरी गरेका ब्याट्री पथरीसम्म पुगेर बेचेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले न्यूनतम ५५ हजार पर्ने ब्याट्रीलाई ३० हजारसम्म बेच्ने गरेका थिए ।
 
प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि चोरी भएका ब्याट्री खरिद गर्ने मोरङको सुन्दरहरैँचा १२ खोर्सानेमा रहेको अनबर मियाले सञ्चालन गरेको आरिफ स्टोरमा काम गर्ने शेक कुतु बुदिनलाई समेत पक्राउ गरिएको गरेको छ। 
 
उक्त स्टोरबाट १६ वटा ब्याट्री बरामद गरिएको छ । बरामद ब्याट्री करिब तीन लाख मूल्य बराबरको रहको अनुमान गरिएको छ । यी दुईले इटहरी ७ शिव पार्वती टोल, टेलिकम अगाडिको लालिगुँरास टोल, आइतबारे, जनता क्याम्पस नजिक लगायतका ठाउँमा पार्किङ गरी राखेका सिटी सफारीमा जडान गरेका ब्याट्रीहरू चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।
 
ब्याट्री चोरी गर्ने तथा चोरीका सामान किन्ने तीन जनालाई सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

Bt 1
 
 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved