रिटका प्रहरी निरीक्षक नेम्बाङ उत्कृष्ट प्रहरीबाट सम्मानित

alt
  • कार्तिक १, २०७७
  • अपराध न्यूज

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष प्रहरी युनिट रिजनल इन्भेष्टिगेशन टिम (रिट) का इन्चार्ज प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । उनलाई प्रहरी दिवस २०७७ को अवसरमा अनुसन्धान तथा अप्रेसन सर्पोट तर्फबाट उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नेम्बाङ सम्मानित भएका हुन् ।

४ वर्षदेखि रिटमा कार्यरत नेम्बाङ नेतृत्वको टिमले प्रदेश १ मा घटेका जघन्य अपराध तथा लागुऔषध, हात हतियार तथा चोरी लुटपाटका घटनामा सफल अनुसन्धान गरे बापत प्रहरी दिवसमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिम्मत कार्कीले सम्मान पत्र प्रदान गर्नुभयो ।

नेपाल प्रहरीमा २०५८ बाट प्रहरी सहायक निरीक्षकबाट प्रवेश गरेका नेम्बाङ अपराध अनुसन्धानमा काबिल अफिसरको रूपमा परिचित छन् ।

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved