नातिको कुटाइबाट घाइते भएका वृद्धको मृत्यु

alt
  • कार्तिक १, २०७७
  • अपराध न्यूज

धनकुटामा नातिको कुटाइबाट घाइते भएका ९० वर्षीय वृद्धको शुक्रबार मृत्यु भएको छ । 

सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईको कुटाइबाट घाइते भएका हजुरबुवा फत्तबहादुर राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीका अनुसार मादक पदार्थ सेवन गरेका अबिनाशले सोमबार हजुरबुवालाई कुटपिट गरेका थिए ।

अनुहार र शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको आफन्तजनले उपचारका लागि धरान लगेका थिए । उनको मृत्यु भएपछि छिन्ताङस्थित इलाका प्रहरी कार्यालयले कुटपिटमा सम्लग्न अबिनाशलाई शुक्रबार नै नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी राखिने एसपी अधिकारीले बताए ।

 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved