दसैं सुरक्षा : प्रविधिद्वारा निगरानी, प्रदेश १ मा ७ हजार ९ सय प्रहरी परिचालन

alt
  • आश्विन ३०, २०७७
  • अपराध न्यूज

कोरोना संक्रमणलाई ध्यानमा राखी नेपाल प्रहरीले प्रविधिसहितको दसैंलक्षित सुरक्षा योजना ल्याएको छ। जनशक्ति कम प्रयोग र प्रविधिको बढी प्रयोग गरी यस वर्ष सुरक्षा चुस्त राख्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो। दसैं नजिकिँदै ड्रोन, डमी, सिसी क्यामेरालगायत प्रविधिजन्य उपकरणबाट सुरक्षा रणनीति तयार पारिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए। 

यसबाहेक देशभरको सुरक्षा व्यवस्था चुस्त राख्न नेपाल प्रहरीले ४८ हजार ४ सय ३० प्रहरी परिचालन गर्ने जनाएको छ। कोरोना महामारीका कारण कतिपय प्रहरी कार्यालयमा जनशक्ति अभाव भएपछि केन्द्र र प्रदेशको प्रहरी परिचालन गरेर भए पनि सुरक्षा योजना व्यवस्थित पारिएको नेपाल प्रहरीले जनाएको छ।

सुरक्षा व्यवस्था बलियो राख्न प्रदेशअनुसार प्रहरी जनशक्ति तोकिएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार रानीपोखरीबाट ७ हजार ५ सय ५० जना, प्रदेश १ को प्रहरी कार्यालयबाट ७ हजार ९ सय २२ जना, प्रदेश २ मा ७ हजार ३ सय १०, बाग्मती प्रदेशमा ४ हजार १ सय ५३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ३, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा ३ हजार ७ सय १७ र सुदूरपश्चिममा ५ हजार ५० जना प्रहरी परिचालन गर्ने तयारी भएको छ। यी क्षेत्रमा आवश्यकताअनुसार प्रहरी परिचालित हुनेछन्।

 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved