झापामा एक युवकको हत्या गरी बाँसघारीमा फालिएको शव भेटियो

alt
  • आश्विन २८, २०७७
  • अपराध न्यूज

झापामा एक युवकको हत्या भएको छ।  कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। स्थानीयले बुधबार बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेको थियो। शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए।

चौधरीको अनुहारमा धारिलो हतियार प्रहार गरेकोले घटना रहस्यमय बनेको उनले बताए। अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाट समेत थप प्रहरी टोली परिचालन गरिसकेको बताउँदै उनले भने, ‘घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान गर्दैछ, धरानबाट तालिम प्राप्त कुकुर आइरहेको छ। त्यसपछि मात्र घटनाको अनुसन्धान तीव्र गतिले अघि बढ्छ।’

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved