भक्तपुर घटनाका मुख्य अभियुक्तको नक्कली नामले झापा प्रहरी ‘झुक्कियो’

alt
  • आश्विन २४, २०७७
  • अपराध न्यूज

भक्तपुरमा असोज १७ गते बसभित्र १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गर्ने मुख्य अभियुक्त किरण भनिने दीपेश राईको पहिचान हुन्जेलसम्म उनी भक्तपुरबाट भागेर झापा आइसकेका थिए । दीपेश १८ गते राती नै बस चढेर झापा हानिएका थिए । १९ गते बिहान मात्र उनको पहिचान भएपछि भक्तपुर प्रहरीले उनको मोबाइल नम्बर ट्र्याक गरेको थियो ।

दीपेशले झापा भद्रपुर उत्रिन साथ पुरानो नम्बर परिवर्तन गरी नयाँ सिम मोबाइलमा हालेका थिए । तर उनले बोक्ने पुरानो नम्बरको अन्तिम लोकेसन झापा भद्रपुर देखाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले तत्कालै जिल्ला प्रहरी कार्यालय झापालाई हुलियासहितको विवरण पठाई खोजतलासमा सहयोग गर्न आग्रह गर्‍यो ।

तर भक्तपुर प्रहरीले दीपेशको नाम किरण राई भनेर उल्लेख गरेको थियो । भक्तपुरमा उनले आफ्नो नाम किरण भनेर साथीहरूलाई भनेका थिए । सुरुमा पक्राउ परेका दुई जनाबाट पनि दीपेशको नाम किरण नै भनेर बयान दिएका थिए ।

२१ वर्षीय किरण राईको खोजीमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली परिचालित भयो ।

दुई दिनसम्म पनि किरणको पत्तो नलागेपछि  तेस्रो दिनमा फोटोको हुलियाको आधारमा प्रहरीलाई एउटा सूचना प्राप्त भयो । फोटोमा देखिएको मान्छे जस्तै झापाको भद्रपुर नगरपालिका ८ मा हिँडेको भनेर प्रहरीलाई सूचना आयो । नभन्दै उनको काकाको घरमा लुकेर बसेको अवस्थामा किरण भनिने दीपेशलाई झापा प्रहरीले फेला पार्न सफल भयो ।

उनलाई नियन्त्रणमा लिने क्रममा मात्र किरणको वास्तविक नाम दीपेश राई भएको प्रहरीले पत्ता लगायो । किरण भने उनको बुवाको नाम हो । नामको कारणले पनि दीपेशलाई झापा भद्रपुरमा खोज्न प्रहरीलाई मुस्किल भएको थियो ।  दीपेशले शङ्कास्पद कामहरूमा आफ्नो नाम किरण भनेर जनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२१ वर्षीय दीपेश राईको पुरानो घर झापास्थित भद्रपुर नगरपालिका २ किच्चकबध हो । तर बुवा आमा लामो समयदेखि भक्तपुरमै बसोबास गर्न थालेपछि दीपेशपनि सहचालकको रूपमा उतै काम गर्न थालेका थिए । किच्चकबधको पुराना घर भत्किएपछि दीपेश घटना घटाएर काकाको घरमा लुकेका थिए । उनले काकालाई गाडी रिर्जवमा झापा आएको बताएका थिए ।

उनलाई झापा प्रहरीले पक्राउ गरेपछि भक्तपुर प्रहरीलाई बुझाइएको थियो ।

बुझाए लगतै बलात्कार घटनाका मुख्य अभियुक्त दीपेशलाई विमान मार्फत भक्तपुर पुराएर सार्वजनिक गरिएको थियो । भक्तपुरबाट भागेर १९ गते बिहान झापा आएका उनलाई झापा प्रहरीले २२ गते पक्राउ गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका वडा नम्बर ४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो । उनीहरूले किशोरीलाई लट्ठ्याउने औषधि मिसाई खान दिएर जबरजस्ती करणी गरेको आरोप छ ।

उनीहरूले गत असोज १६ गते किशोरीलाई रत्नपार्कबाट बसमा चढाएर भक्तपुर लगेका थिए ।

यो पनि : 

भक्तपुर सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त झापाबाट पक्राउ

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved