खोटाङमा ‘लोहोरो’ ले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

alt
  • आश्विन २३, २०७७
  • अपराध न्यूज

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ ।

घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते भएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा शुक्रबार साँझ बाटैमा मृत्यु भएको हो ।

बेहोस भएकी गिरीको स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौं लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए । 

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उनको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ ।

घटनाका बिषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताएका छन् । 

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved