भक्तपुर सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त झापाबाट पक्राउ

alt
  • आश्विन २३, २०७७
  • अपराध न्यूज

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ परेका छन् ।

रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसभित्र भएको बलात्कार घटनामा संलग्न मुख्य अभियुक्तलाई बिहीबार झापाको भद्रपुर २ पृथ्वीनगरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरको विशेष प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका निमित्त एसपी केशवकुमार थेवेले जानकारी दिए । उनका अनुसार राई झापास्थित घर आइ लुकेर बसेका थिए । विशेष सूचनाका आधारमा उनलाई भक्तपुरबाटै आएको प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

झापाका एसपी कृष्ण कोइरालाले अभियुक्त पक्राउ गर्न भक्तपुरको टीमलाई सहयोग गरिएको जनाए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय भक्तपुरले अभियुक्त भागेर झापा पुगेको सूचना पाएको थियो । त्यही आधारमा अभियुक्तको फोन लोकेसनमार्फत पक्राउ गरिएको थियो ।

पक्राउ अभियुक्तलाई शुक्रबार बिहानको जहाजबाट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 
 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved