बालिका बलात्कार गर्नेलाई ११ वर्ष कैद !

alt
  • आश्विन २३, २०७७
  • अपराध न्यूज

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ८ का २४ वर्षीय भरत रानामगरलाई जिल्ला अदालतले ११ वर्ष ६ महिना कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार कसुर ठहर गर्दै कैदसँगै पीडितलाई शारीरिक र मानसिक क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन आदेश दिएको हो । 

अदालतको आदेशसँगै रानालाई बिहीबार जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले जानकारी दिए । २०७६ मंसिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कसुरदारविरुद्ध मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । 

लगत्तै उनी पक्राउ परेका थिए । पीडितको निवेदन, प्रहरीको घटना मुचुल्का, प्रमाण र वयानका आधारमा सरकारी वकिल कार्यालयले कसुरदार विरुद्ध कैद सजाय र क्षतिपूर्तिको दावी गर्दै मंसिर २९ गते अदालतमा मुद्दा दाएर गरेको थियो । 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved