‘खैरो हेरोइन’ को पनि मनपरी मुल्य !

alt
  • आश्विन २२, २०७७
  • अपराध न्यूज

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको विशेष टोलीले बुधवार इटहरी ५ बस्ने २३ वर्षीय प्रवीण राईलाई ब्राउन सुगरसहित पक्राउ गर्‍यो । 
ब्युरोका सईको कमान्डमा रहेको टोलीले प्रवीणलाई इटहरी ४ स्थित स्याभाले होटेलबाट पक्राउ गरेको थियो । प्रहरी आफै ग्राहक बनेर प्रवीणलाई दुई सातादेखि ‘फलो’ गरिरहेको थियो । 
 
प्रवीण ‘हाई प्रोफाइल’ व्यक्तिहरूलाई मात्र ब्राउन सुगर बिक्री गर्दथे । आफै सेवनकर्ता समेत रहेका उनलाई प्रहरीले ब्राउन सुगर कोड भाषामा ‘धुलो’ चाहिएको भनेर जालमा फसाएका थिए । अरू भन्दा बढी मूल्यको प्रलोभन देखाएर प्रवीणलाई बुधवार स्याभाले होटेलमा प्रहरीले बोलाएको थियो ।
 
होटेलमा करिब ५ जना सादा पोसाकका ब्युरो टोली परिचालित थिए । होटेलको लोकेसन भने प्रवीण आफैले ग्राहक बनेका प्रहरीलाई दिएका थिए ।  प्रहरीले प्रवीणसँग दुई ग्राम अर्थात् दुई पोका धुलो किन्न २४ हजारमा डिल गरेको थियो ।
 
होटेल पुग्न साथ ब्युरो टोलीले उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको गोजीमा १६ पोका ब्राउन सुगर बरामद गरेको थियो । १६ पोकामा १४ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भयो । साथै एक लाख ५० हजार नगद समेत बरामद भएको थियो ।
 
ब्युरो स्रोतका अनुसार प्रवीणले होटेलमा बरामद भएको भन्दा बढी परिमाणको ब्राउन सुगर सीमाबाट मगाएको सूचना थियो । 
 
पछि प्रहरीले उनको इटहरी ५ स्थित घरमा खानतलासी गर्दा थप २७ पोका ब्राउन सुगर बरामद गरेको थियो । प्रवीणसँग दुवै स्थानबाट गरी ३८ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद गर्न लागुऔषध नियन्त्रण ब्युरो टोली सफल भएको थियो । 
 
प्रवीणसँग बरामद भएको कुल ब्राउन सुगर नेपाली बजार मूल्य अनुसार करिब ४ लाख रुपैयाँ बराबरको भएको बताइएको छ । उनलाई ब्युरोले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय इटहरी बुझाएको छ । लागुऔषध नियन्त्रण ब्युरो प्रहरीका अनुसार एक पोका धुलोलाई ७ देखि १२ हजारसम्म बिक्री हुने गरेको बताइएको छ ।
 
ब्युरोका एक प्रहरी अपराध न्यूजसँग भन्छन् : ‘ब्राउन सुगरको यकिन मूल्य हुन्न, त्यही पोकालाई कसैले ३ हजारसम्म बेच्ने गर्छन् भने कसैले १२ हजारसम्म पनि । काठमाडौँमा भने यसको दाम १५ हजार प्रति ग्रामसम्म छ ।’ उनले थपे ‘थोरै लगानी गरेर धेरै पैसा कमाउने नियतले ब्राउन सुगरको कारोबार पछिल्लो समय फस्टाएको हाम्रो अनुमान छ ।’  

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved