ओखलढुंगाको मोलुंग गाउँपालिकामा आफ्नै छोरीलाई बन्दुकले हान्ने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोलुंग गाउँपालिका वडा नं. ७ पात्लेका ३३ वर्षिय डम्बर बहादुर तामांग रहेका छन् ।
शुक्रबार साँझ मदिरा सेवन गरि घर आएका तामांगले छोरीलाई भरुवा बन्दुकले हानेको स्थानीयले बताएका छन् । भरुवा बन्दुकको गोली र छर्राले लागेर १३ वर्षिया छोरी फूरीमाया तामांग घाईते भएकी हुन् । घाईते छोरीको अबस्था गम्भिर रहेको मोलुंग गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिनुभयो ।
घटना घटेपछि तामांग फरार भएका थिए भने स्थानीयले वडा अध्यक्ष सुनुवारलाई खबर गरेका थिए । वडा अध्यक्ष सुनुवारले प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरमा खबर गरेका थिए । घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी श्रीचौरवाट प्रहरीको टोली घटनास्थल तर्फ खटिएको थियो ।
अबेर राती घटनास्थल तर्फ पुगेको प्रहरीले स्थानीयको सहयोगमा तामांगलाई राती नै पक्राउ गरेको थियो । पक्राउ परेका तामांगलाई जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउदै गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । उनलाई जिल्लामा ल्याईदै गरिएको र अनुसन्धान पछि मात्रै घटनाको बारेमा वास्तविकता आउने प्रहरी नायव उपरीक्षक खड्काले वताउनुभयो ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved