१४ वर्ष मुनीका बालबालिकालाई डाँका मुद्दा दायर, अदालतको आदेशपछि रिहा

alt
  • आश्विन २०, २०७७
  • अपराध न्यूज

१४ वर्ष मुनीका बालबालिकाविरुद्ध कानुनी कारवाहीको व्यवस्था नरहेको विषयलाई बेवास्ता गर्दै सुनसरी प्रहरीले डाँका मुद्दा चलाएका ६ जना सडक बालक सुनसरी जिल्ला अदालतको आदेशपछि रिहा भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी हिरासतमा राखेर डाँका अभियोगमा मुद्दा चलाएका ६ जना सडक बालक सुनसरी जिल्ला अदालतका प्रमुख न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासको आदेशपछि रिहा भएका हुन ।

उनीहरूमाथि इटहरी प्रहरीले गत भदौ २६ गते इटहरी ६ मा राजकुमार तामाङलगायतले सञ्चालन गरेको बरगर हाउसको सटर फोरेर ४३ हजार नगद चोरी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो ।

बालबालिका ऐनमा बालबालिकाहरू कुनै पनि आपराधिक घटनामा संलग्न भएको पाइए कानुन अनुसार मुद्दा चलाउन र हिरासतमा राख्न नपाइने व्यवस्था छ ।

इलाका प्रहरी कार्यालयले कानुनी व्यवस्थालाई बेवास्ता गर्दै हिरासतमा राखेर मुद्दा दर्ता गरेको हो ।

प्रहरीले उनीहरूको आफ्नै हिसाबले उमेर बढाएर हिरासतमा लिई मुद्दा दर्ता गराइएको विषय सार्वजनिक भएपछि अदालतले प्रहरीलाई हिरासतमा रहेका वालकहरूको उमेर पहिचान गरी रिपोर्ट ल्याउन निर्देशन दिएको थियो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको उमेर पहिचान परीक्षणमा उनीहरूको उमेर १४ वर्ष मुनी रहेको प्रमाणित भएपछि न्यायाधीश कोइरालाको इजलासले नाबालकलाई बालबालिका ऐन २०७५ अनुसार हिरासतमा राख्न नपाइने र डाँका मुद्दा समेत नलाग्ने भन्दै आइतबार रिहा गर्न आदेश दिएको थियो ।

बालबालिका ऐन २०७५ अनुसार १४ वर्ष मुनिका बालबालिकाले कुनै अपराध गरेको भए सम्झाइ बुझाइ छाड्नुपर्ने व्यवस्था छ ।

यसरी रिहा गरिएको नाबालकहरू उदयपुरको बेलका नगरपालिकाका, सुनसरीको इनरुवा, बराहक्षेत्र, मोरङको विराटनगरका र सुन्दरहरैचाका हुन् । अदालतको आदेशपछि सुनसरी प्रहरीले ती छ बालकलाई भ्वाइस अफ चिल्ड्रेन (भिओसी) लाई संरक्षणका लागि बुझाइएको छ ।

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved