शङ्कास्पद ‘बली’ प्रकरण : मोरङ प्रहरी र भारतीय प्रहरीले घटनाको संयुक्त अनुसन्धान गर्दै

alt
  • आश्विन ८, २०७७
  • अपराध न्यूज

‘बली दिन भारत लैजाँदै गर्दा उद्धार गरिएकी सुनसरीको रामधुनी नगरपालिका ५ की १७ वर्षीय किशोरी प्रकरणमा मोरङ प्रहरीले भारतीय प्रहरीको समन्वयमा अनुसन्धान अघि बढाएको छ ।

भारतको सिम्राहीसम्म पुर्‍याएको सम्भावित ‘बलि’प्रकरणको अनुसन्धान प्रहरीले गम्भीर रूपमा गरिरहेको छ । 

सुनसरी रामधुनी–५ झुम्काकी १७ वर्षीय किशोरीलाई ‘बलि’दिन लगिएको हुनसक्ने प्रशस्त आधार भेटिएपछि यस प्रकरणमा मोरङ प्रहरीले भारतीय प्रहरीसँग समन्वय अघि बढाएको हो ।

जसमा मोरङका एसपी सन्तोष खड्काले बुधवार भारत अररिया जिल्लाका एसपी हृदयकान्तसँग भेटघाट गरेर घटनाको विषयमा र यसको कनेक्सन खोतल्ने रणनीति बनाएका छन् ।

बुधबार मोरङ सुनसरी र भारतको सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूको छलफलका क्रममा यस्तो सहमति भएको हो ।

नेपाल प्रहरीले घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। घटनास्थल नेपाल र भारत दुवै देशमा रहेका कारण सहयोगका लागि भारतीय पक्षसँग विशेष अनुरोध गरिएको उनले बताए ।

एसपी खड्कासँगको भेटमा हृदयकान्तले गम्भीर खालको घटना रहेको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हृदयकान्तले सहरसा अररियासँग सीमा जोडिएको जिल्ला भएकाले नेपाल प्रहरीले भनेअनुसार आवश्यकता परेका बेला जुनसुकै सहयोग गर्ने आश्वासन दिएका छन्।

भारतको विहारमा निश्चित उचाइ र हुलिया भएकी किशोरी खोजेर ‘बलि’ दिने कुसंस्कार रहेको बताइएको छ।  विभिन्न कोणबाट अनुसन्धान थालिएको बताउँदै एसपी खड्काले विभिन्न आधार केलाउँदै सम्भावित ‘बलि’ को अनुमान गरेर ठुलो रकमको ‘डिल’ गरेर किशोरीलाई भारत पुर्‍याउन खोजिएको जानकारी दिए। 

प्रहरीले यस घटनामा किशोरीलाई भारत पुराउने लेटाङ ३ मोरङकी मनिका ढकाल, विराटनगरबाट सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनामा अरूको पनि संलग्नता रहेको हुन सक्ने देखिएपछि पक्राउ परेकाको ‘कनेक्सन’ खोतल्ने काम भइरहेको बताइएको छ । प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मुद्दा चलाउन मङ्गलवार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ।

 यो पनि : 

‘तीन घण्टाको पुजामा बस्न ५ हजारमा राजी भएकी थिइन किशोरी’

 

सम्बन्धित समाचारहरु

'लैला'ले पत्ता लगायो ...

इलामको माई नगरपालिकामा शिक्षक पुष्पलाल राईको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर ...

इटहरी प्रहरीको ‘लाइभ ...

दसैँ किनमेलको भिड, त्यसमा पनि शनिवारको दिन । बिहान करिब ११ बजेको समयमा दुई व्यक्ति इटहरीको गोरखा डिप ...

मोरङमा चाडपर्व लक्ष ...

नेपाल–भारत सीमा क्षेत्रलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष ढंगको ‘स्वीप अप्रेशन’ ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved