१६ वर्षीय बालिकाको ‘ग्याङ’ रेपमा नाबालक संलग्न !

alt
  • भदौ ३१, २०७७
  • अपराध न्यूज

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबाट ३ जना पक्राउ परेका छन् । बालिकालाई ३ जनाले मिलेर भदौ २४ गते सामुहिक रुपमा बलात्कार गरेको पीडित बालिकाका आफन्तले बताए । 

बालिकाले आफूमाथि बलात्कार भएको परिवारलाई बताएपछि घटना सार्वजनिक भएको हो । पीडित पक्षको उजुरीका आधारमा सोमबार दुईजना बालकसहित ३ जनालाई घरबाटै पक्राउ गरिएको छ । प्रहरी चौकी घोराखोरीको टोलीले सोमबार पक्राउ गरि मंगलबार जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिं बस्नेतले जनाए । 

घटना अनुसन्धान भइरहेको र एकमध्ये एकजनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको खुलेको वस्नेतले जानकारी दिए । आरोपित दुई जना नाबालक भएका तथा कुन व्यक्तिको कस्तो भूमिका थियो भन्ने एकिन भएपछि मात्रै वतन सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । 

बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको पीडित बालिकाकी दिदीले बताइन् । आरोपितहरुलाई कडा कारवाही गर्न पीडित परिवारले माग गरेको छ । घटनामा १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना संलग्न छन् । 

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

दशगजा क्षेत्रमा नेपा ...

विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका एक नेपाली युवामाथि नेपाल–भारत सीम ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved