सरुवा भएर आउने प्राय कार्यालय प्रमुख प्रहरी अधिकृतहरूले सञ्चारकर्मीलाई पहिलो प्राथमिकता राखेर परिचय कार्यक्रम राख्ने गर्छन् । आफ्नो एक बर्से कार्यकालको कार्य योजना यही कार्यक्रम मार्फत प्रहरी अधिकृतहरूले सञ्चारकर्मीसँग राख्ने मौका ठान्छन् ।
इलाका प्रहरी प्रहरी कार्यालय इटहरी आउने प्राय डिएसपीहरूले पनि चलिआएको सिस्टम अनुसार सञ्चारकर्मीसँग आफ्नो कार्य योजना सुनाउने गर्छन् । रोचक पक्ष त के छ भने प्राय इटहरी अनाउने डिएसपीहरूको कार्य योजना भने रेडिमेड हुने गर्छ ।
उही लागुऔषध, गुण्डागर्दी, चोरी डकैती तथा बित्तीय अपराध आदी आदी !! औसत डिएसपीहरुले सुरुमा घोषणा गरिएका आफ्ना कार्ययोजनाहरु केही महिनामै बिर्सिन्छन् ।
तर आइतबार इटहरी प्रहरीको ९ औ कार्यालय प्रमुखको जिम्मेवारीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीबाट सरुवा भएर आएका डिएसपी अर्जुन केसीको सञ्चारकर्मीसँगको परिचय कार्यक्रमको शैली भने फरक भयो ।
सञ्चारकर्मीको परिचयपछि डिएसपी केसीले सहभागीहरू माझ इटहरीका समस्या के के हुन सक्छन् त भन्ने उल्टै सुझाव मागे ।
अलमलमा परेका सञ्चारकर्मी मध्ये एक जनाले इटहरीको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा तपाईँको तर्फबाट के कार्य योजना छ त ? भन्ने प्रश्न गरे ।
डिएसपी केसीले सहजै जवाफ दिए, नर्मल पुलिसिङ ।
उनले थपे, ‘प्रहरी सङ्गठनको एउटा व्यवसायीक प्रहरी कमान्डरले गर्ने नर्मल पुलिसिङ मेरो कार्य योजना हो ।’ ‘बाँकी केही पुराना केश अध्ययन गर्नेछु ।’
‘नर्मल पुलिसिङ भित्रै इटहरीमा देखिएका विद्यामान चुनौतीहरूलाई न्यूनीकरण गर्ने हो । लागुऔषध, गुण्डागर्दी, चोरी डकैती तथा बित्तीय अपराधहरू यही भित्रै पर्ने बिषय हुन । यो प्रहरीको आधारभूत कामहरू हुन ।’ ‘त्यो बाहेक पुराना केश अध्ययन हुन्छन् । सकेसम्म मेरो दक्षताले भ्याएसम्म एक दुई वटा केश क्लियर गर्ने सोचमा छु ।’
बाँकी इटहरीवासीको सहकार्यमा आइपरेका चुनौतीहरू समाधान गर्दै जाने सोच रहेको केसीले सञ्चारकर्मीसँग बताए ।
यस्तै डिएसपी केसीले प्रहरीको कार्य योजना सिक्रेट हुनुपर्छ धारण राखे । ‘सबै कुरा भनेर गरियो भने प्लान फेल हुनसक्छ । त्यस कारण मेरो आन्तरिक ‘एक्सन प्लान’ जे छ त्यसको नतिजा इटहरीवासीले पक्कै देख्ने हुनेछ ।’ सिआईबीको अनुभव र दक्षताको न्यूनतम प्रयोग इटहरीमा गर्ने केसीको भनाई थियो ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved