बहिनीको दुई लाख हत्याउन दाईले जब अपहरणको ‘प्लान’ बनाए

alt
  • भदौ २१, २०७७
  • अपराध न्यूज

बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बालिकासँग रहेको दुई लाख रुपैयाँ फुत्काउनका मोरङको पथरीशनिश्चरेबाट १४ वर्षीया बालिकाको अपहरण गरेको आरोपमा तीनजना पक्राउ परेका हुन् ।

अपहरणमा नातामा दाइ पर्ने व्यक्तिकै संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेली, पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङ छन् । अपहरणमा परेकी बालिका सुजनको नाताले बहिनी पर्छिन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दीलिप गिरीले अपहरणमा प्रयोग गरिएका को२च २८८२ र को२च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।

आचार्य को२च २८८२ र तामाङ अर्को एम्बुलेन्सका चालक हुन् । रणपहेली अपहरित बालिकाको नातामा दाजु पर्ने व्यक्ति हुन् ।

डीएसपी गिरीले रणपहेलीकै मुख्य योजनामा बालिकाको अपहरण भएको बताए ।

अपहरणपछि बहिनीलाई आमाले राख्न दिएको दुई लाख रुपैयाँ फुत्काउने योजना उनको रहेको पाइएको गिरीले बताए । अपहरणमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट भदौ १७ गते उद्दार गर्दै घटनामा संलग्नलाई पक्राउ गरिएको जानकारी उनले दिए ।

उद्दार र पक्राउ गरिएकालाई १८ गते बिहीबार पथरीशनिश्चरे ल्याइपु¥याएर अनुसन्धान सुरु गर्दा अपहरणको पुष्टि भएको गिरीले बताए । ‘प्रारम्भिक अनुसन्धानबाट काठमाडौं पु¥याएर बहिनीको साथमा भएका पैसा फुत्काउने योजना रहेको देखिन्छ,’ डीएसपी गिरीले भने, ‘गन्तव्यमा पुग्नै नपाइकन पक्राउ गरिएका कारण त्यसपछि अरु के योजना थिए भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’

ज्यान मार्ने तथा परिवारका सबैलाई सखाप पारिदिनेसम्मका धम्की दिँदै अपहरण गरेपछि डरले बोल्न नसकेको र त्यसक्रममा आफूमाथि कुनै गलत गतिविधि भने नभएको बालिकाले प्रहरीलाई बताएकी छन् । तर उनलाई बीचबीचमा दुईवटा एम्बुलेन्स परिवर्तन गर्दै लगिएको पाइएको छ ।

 

भदौ १६ गते मंगलबार बिहानका राति बालिका एकाएक घरबाट हराएकी थिइन् । अभिभावकले दिउँसो प्रहरीमा हुलियासहितको निवेदन दिएपछि खोजी गर्ने क्रममा अपहरण गरेर काभ्रेको साँगा पु¥याएपछि फेला पारिएको डीएसपी गिरीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट पथरी बजारकै एउटा माइक्रो फाइनान्सबाट आमाले दुई लाख रुपैयाँ निकालेर १५ गते बालिकालाई राख्न दिएको खुलेको छ ।

उक्त रकम झिक्नुअघि बालिकाको आमाले अरु आफन्तसँग गरेको फोन संवाद सुनेका रणपहेलीले पैसा निकालेर छोरीलाई राख्न दिएको चाल पाएका थिए ।

उनका अनुसार सुरुमा रणपहेलीले पथरीको मंगलबारे चोकबाट को२च २८८२ नम्बरको एम्बुलेन्समा चढाएर बालिकालाई सुनसरीको इटहरी पु¥याएका थिए ।

Baine उक्त एम्बुलेन्सका चालक आचार्य रणपहेलीका पुराना साथी हुन् । इटहरीबाट भने परिवर्तन गर्दै अर्को चिनेकै को२च ३१२१ नम्बरको एम्बुलेन्समा राखेर लगेको खुलेको डीएसपी गिरीको भनाइ छ । तामाङले चलाएको उक्त एम्बुलेन्सले भने बनेपासम्म पु¥याएको थियो ।

पूर्व योजनाअनुसार आचार्यले चलाएको एम्बुलेन्स पनि सँगसँगै गएको पाइएको प्रहरीले जनाएको छ । ‘बनेपादेखि भने इहटरीबाट गएको एम्बुलेन्सबाट ओरालेर फेरि आचार्यकै पथरीबाट लगेको एम्बुलेन्समा राखेर बालिकालाई काठमाडौंतिर लग्दै गर्दा साँगामा प्रहरीले फेला पारेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट बहिनीसँग भएको पैसा लुट्नकै लागि अपहरण गरेको देखिएको र अपहरणको थप अरु कारण खुल्न बाँकी रहेको जनाए । तर रणपहेलीले भने बहिनीलाई काठमाडौं डुलाउन लिएर गएको बताउँदै आएका छन् । गिरीका अनुसार एम्बुलेन्स लगेवापत् आचार्यले १४ र तामाङले २० हजार रुपैयाँ रणपहेलीसँग लिइसकेको खुलेको छ ।

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

१६ वर्षीय बालिकाको ‘ ...

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबा ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved