खोटाङमा दाजुबहिनीको हत्या गरिएको शव फेला

alt
  • भदौ २०, २०७७
  • अपराध न्यूज

खोटाङमा हत्या गरी फालिएको अवस्थामा दाजुबहिनीको शव फेला परेको छ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीय बहिनी गोपीमाया श्रेष्ठको शव विभत्स अवस्थामा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । घटनास्थल छिमेकी भोजपुरको सिमानामा पर्छ ।

घटनाको प्रकृति हेर्दा तीन÷चार दिन अघि हत्या भएको जस्तो देखिएको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक चिमरियाले बताए । ‘ १७ भदौ दिउँसो साढे ४ बजेसम्म काम गरिरहेको आफन्तले देखेका रहेछन’ उनले भने ‘ अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।’

घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोष टाढा छ । एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए ।

अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत हुन । उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बसेकी रहिछन्’, उनले भने ‘ उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका हुन । सम्पत्तिको लोभमा हत्या भएको हुनसक्छ ।”स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ । रासस

सम्बन्धित समाचारहरु

किन छाड्दै छन् जागिर ...

३० वर्ष सेवा अवधि सकेर अनिवार्य अवकाश लिई सकेपछि सेवा सुविधा लिन भनेर  हेडक्वार्टर गएँ। त्यहाँ& ...

झापामा पुरुष बलात्का ...

झापाको कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको लुकुनी खाडीमा शनिवार दुई जना पुरुष मिलेर एक पुरुषला ...

अवैध गोरु तस्करीमा प ...

लोड गरेर लैजाँदै गरेको अवस्थामा तीनवटा ट्रकसहित प्रहरीले मोरङबाट तस्करीका ६७ वटा गोरु मंगलबार नियन्त ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved