चारकोशे जङ्गलमा ‘गार्ड’ राखेर तस्करी : लुकाएर राखेको ५७ किवी काठ बरामद

alt
  • भदौ १९, २०७७
  • अपराध न्यूज

निषेधाज्ञाको समयमा इटहरीको चारकोशे जङ्गलमा तयारी अवस्थाको ५७ किवी गोलिया काठ बरामद भएको छ । बिहीबार दिउसो प्रहरी चौकी तालतलैयाका असई देवी रमण तिम्सिनाको कमान्डको टोलीले इटहरी ३ याक्थुङ चौकदेखि केही मिटर पर जङ्गल भित्रबाट काठ बरामद गरेको हो ।

तस्करको समूहले उक्त काठ जङ्गलमै चिरानी गरी लोड गर्ने तयारी गदै गरेको अवस्थामा बरामद गरेको दाबी गरिएको छ । प्रहरीको टोली देख्न साथ तस्करहरू भने फरार भएको असई तिम्सिनाले जानकारी दिए ।

करिब ८० इन्चको गोलाई भएको सखुवाको रुख रातमा ढालेर तस्करहरूले चिरानी गरेको उनले बताए ।

‘सूचना आउन साथ प्रहरीको टोली घटनास्थल पुग्दा तस्करहरू फरार भइसकेका थिए’ उनले भने ‘जङ्गललाई घेरेर तस्करहरूले गार्ड समेत राखेका कारण उनीहरू भाग्न सफल भएका हुन् ।’

बरामद काठको बजार मूल्य करिब तीन लाख बराबरको भएको बताइएको छ । प्रहरीले बरामद गरेको काठ डिभिजन वन कार्यालय तरहराको रोहबरमा सरस्वती सामुदायिक वन कार्यालयलाई बुझाइएको छ । तस्करीमा संलग्न केहीको पहिचान भइसकेको बताउँदै असई तिम्सिनाले उनीहरूको खोजी भइरहेको अपराध न्युजलाई जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

१६ वर्षीय बालिकाको ‘ ...

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबा ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved