मोरङमा जुवाडेलाई मुद्दा चल्ने, सुनसरीमा नचल्ने !

alt
  • भदौ १८, २०७७
  • अपराध न्यूज

मोरङको पथरीमा बुधवार जुवा खेल्ने १२ जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ ग्रयो । सुनसरी, मोरङ र झापा ठेगाना भएका जुवाडेहरूको साथबाट प्रहरीले तीन लाख नगद बरामद गर्‍यो ।

उनीहरूलाई जुवा ऐन अन्तर्गत बिहीबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

तर सुनसरीमा यस्तै प्रकृतिको जुवा खालबाट पक्राउ परेका दुईवटा समूहलाई भने कारबाही नगरी छाडिएको केश अहिले चर्चामा छ । गत भदौ ३ गते इटहरी ६ स्थित आइसिनेमा हल पछाडि र भदौ १२ गते इटहरी ५ पचरुखीमा इलाका प्रहरी कार्यालय इटहरीले नगद सहित १४ जनालाई पक्राउ गरेको थियो ।

तर दुवै केशमा प्रहरीले उनीहरूलाई कुनै मुद्दा दायर नगरी छाडेको थियो ।

गत ३ गते इटहरीका फलफूल तथा हार्डवेयर व्यवसायीको ६ जना समूहलाई ७० हजार नगद र ताससहित पक्राउ गरेको थियो । तर कोरोनाको कहरमा सङ्क्रमण फैलिने भन्दै पछि कारबाही गर्ने सर्तमा सबैलाई छाडिएको थियो । यस घटनामा प्रहरीलाई सांसद तथा प्रहरीकै उपल्लो दर्जाका अधिकृतले छाड्न दबाब दिएका थिए ।

६ जना मध्ये एक जनालाई दर्शक भनेर तत्काल छाडिएको थियो भने बाँकीलाई ७ घण्टापछि राती छाडिएको थियो ।

यस्तै गत १२ गते पचरुखीको एक काठ फर्निचरबाट ठेकेदार तथा राजनीतिक दलका नेताहरू सहितको ८ जनाको समूहलाई प्रहरीले तासस र नगदहित पक्राउ गरेको थियो । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले दुई घण्टा पछि इलाका प्रहरी कार्यालयबाट छाडेको थियो ।

यस घटनालाई इटहरी प्रहरीले भने गलत सूचनाले छापा हान्न पुग्दा केही नभेटेको र छाडेको बताएको छ । तर तास खेल्नेहरूलाई प्रहरीले छापा हान्न आउँदै गरेको प्रहरीबाट सूचना चुहेपछि उनीहरू खाजा खादै बसेको अभिनय गरेको स्रोतको दाबी छ ।

दुवै घटनामा जुवाडे छाडेपछि इटहरी प्रहरी थप विवादमा देखिएको थियो ।

 

सम्बन्धित समाचारहरु

सङ्क्रमित सुरक्षाकर् ...

सुनसरीको बराहक्षेत्र आइसोलेसन सेन्टरमा सङ्क्रमितहरूका लागी उपलब्ध गराइएको विभिन्न सामाग्रीहरू चोरी भ ...

१६ वर्षीय बालिकाको ‘ ...

एक १६ वर्षीया बालिकाकाथि सामुहिक बलात्कार गरेको आरोपमा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबा ...

मोरङको कसेनी हत्या प ...

सर्वसाधारण र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युव ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2020 - Aparadh News All rights reserved