मोरङ कानेपोखरी-५ चालिसबिघे स्थितमा रहेको एक घरमा तास खेलीरहेको अवस्थामा १२ जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा अनारमुनीका ३६ बर्षीय बिमल गुरुङ, ३७ बर्षीय संजिव भघनी, झापा हल्दिबारीका ३६ बर्षीय तारा कुमार जोगी, झापा बुद्दशान्तीका २८ बर्षीय श्याम लिम्बु, ३८ बर्षीय मनिष लिम्बु छन भनी यसै गरी मोरङ बेलबारीका ३६ बर्षीय बिमल गुरुङ, ५२ बर्षीय चन्द्र लिम्बु, ३७ बर्षीय कृष्ण लिम्बु , लेटाङ-५ का ३१ बर्षीय समिर तामाङ रहेका छन यस्तै सुनसरी धरानका ३९ बर्षीय रुपजंग लिम्बु, २९ बर्षीय किरङ उदास र २४ बर्षीय राजन पौडेल रहेका छन ।
किशोर लुईटेलको घरमा जुवा तास खेलीरहेको भन्ने विशेष सुराकका आधारमा हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
जुवाको खालबाट २ लाख ८९ हजार ५ सय ३१ रुपैया समेत बरामद गरीएको छ । प्रक्राउ परेका १२ जना लाइ ईलाका प्रहरी कार्यालय पथरीबाट कानुनी कारबाही अगडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved